मंगलबार ०८ आषाढ २०७८

****विवाह पछि अधिकांस मोटाउने गर्छन् ? यसबारे व्यक्तिपिच्छे फरक फरक धारणा पाइन्छ । कतिले सन्तुष्टीको कारण बताउँछन् भने कतिपयले खानपानको कारण विवाहअघि भन्दा विवाहपछि व्यक्ति मोटाउछन् भन्ने धारणा राख्दछन् ।

***हुन पनि खानपानले व्यक्तिको जीवनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । अमेरिकन जर्नल अफ क्लिनिक न्युट्रीसिनले गरेको एक अनुसन्धान अनुसार विवाह पछि ‘फास्ट फुड’ धेरै खानाले मोटोपनाको शिकार भइने बताउँछ। ‘फास्ट फुड’ले मात्र नभइ अन्य खानाले पनि मोटोपना बढ्ने सम्भावना रहन्छस्

***कफि –विहान, साझ, फुर्सदमा होस या जतिबेला पनि कफि खाने बानी आम मान्छेमा प्रचलित छ । तर १ कप कफिमा २०० क्यालोरी हुन्छ । यसमा चिनी राख्नाले क्यालोरिको मात्रा झनै बढ्ने हुन्छ । त्यसैले कफि पिउंदा चाडो तौल बढ्छ ।

***फलफुलको जुस –यसमा गुलियो पदार्थ धेरै हुन्छ । शरिरले बढी कार्बोहाइड्रेड खपत गर्न सक्दैन। जसको फलस्वरुप शरिरमा बोसो खपत हुँन पाउँदैन अनि पेट लाग्ने गर्छ।

***सेतो पाउरोटी- चिया संग होस् या खाजाको रुपमा सबैभन्दा सजिलो मानिने चिया पाउरोटीमा ग्लाइसेमिक इंडेक्सको मात्रा धेरै हुन्छ । जसले शरिरमा रगतको मात्रा उच्च गराई अनावश्यक तौल बढाउँछ।


Last Updated on: January 28th, 2021 at 7:00 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३२३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया