आइतबार ३१ आश्विन २०७८

(रोल्पा )। तेल बोक्ने ट्याङ्कर दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु भएको छ।

***रोल्पा नगरपालिका१ भदौरे मन्दिरको घुम्तीनजिक ट्याङ्कर दुर्घटना हुँदा चालक ४५ वर्षीय हरभजन सिंहको मृत्यु भएको हो।

***गम्भीर घाइते भएका चालकलाई उपचारका लागि रोल्पा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको रोल्पा अस्पतालले जनाएको छ। नेपालगञ्जका स्थायी बासिन्दा सिंहको शव जिल्ला अस्पतालमा राखिएको छ।

***सहचालक रुपैडियाका १९ वर्षीय सुनिल शंकर सामान्य घाइते भएको रोल्पा प्रहरीका प्रवक्ता सन्तोष केसीले जानकारी दिए।

**नेपालगञ्ज डिपोबाट तेल बोकेर आएको ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडकदेखि करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।


Last Updated on: January 28th, 2021 at 7:57 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया