बिहिबार १० आषाढ २०७८

*#*#के तपाईँ लामो समयसम्म पनि सुन्दर र जवान देखिन चाहनुहुन्छ ? यदि वास्तवमै चाहनुहुन्छ भने खाने गर्नुहोस् यी चिजहरू जसले तपाईँको जवानी र सौन्दर्यतालाई लामो समयसम्म पनि कायमै राख्न मदत गर्छ ।

(अमिलो फलफुल)
अमला, कागती, सुन्तला लगायतका अमिलो फलफुलको सेवन गर्नाले छालालाई स्वस्थ तथा सुन्दर बनाउनका साथ साथै यसले छाला कोमल, नरम तथा चम्किलो तथा सफासमेत हुने गर्छ ।

(गोलभेँडा)
भिटामिन ‘ए’ र ‘सी’ले भरिपूर्ण टमाटरमा पर्याप्त मात्रामा पोटासियम हुन्छ । यसमा पाइने लाइकोपीन नामक तत्वले एन्टीअक्सिडेन्टको काम गर्छ । टमाटरको प्रयोगले छालालाई सर्न वर्न हुनबाट समेत जोगाउँछ ।

(ओख्खर र आलस)
ओख्खर तथा आलसमा पर्याप्त मात्रामा ओमेगा-३ फ्याटी एसिड पाइन्छ । जसले छाला, कपाल तथा हड्डीलाई पोषण प्रदान गर्नका साथै छाला सम्बन्धी समस्याहरूबाट पनि बचाउने गर्छ ।
ग्रीन टी
यदि तपाईँ आफ्नो सौन्दर्यता कायम नै राख्न चाहनुहुन्छ भने ग्रीन- टीको सेवन गर्नुहोस् जसमा भरपूर मात्रामा पोलीफेनोल एन्टीअक्सिडेन्ट नामक तत्त्व पाइन्छ जसले गर्दा छाला चाउरी पर्नबाट जोगाउँदछ ।


Last Updated on: January 28th, 2021 at 9:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया