आइतबार ३० जेठ २०७८

***काठमाण्डौं उपत्यकामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उनलाई मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनले ठक्कर दिएको थियो ।

शवको प्रारम्भिक** अनुसन्धानमा सवारी साधनको ठक्करबाट मृत्यु भएको निष्कर्ष निकाल्दै प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको छ ।

मृतकको सनाखतका लागि ***आफन्तको पहिचानको प्रयास भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

अन्दाजी ५० वर्षीय पुरुषको साथमा परिचय **खुल्ने कुनै पनि कागज नभेटिएका उनको भनाइ छ ।

बिहिबार सडकमा ल डि** रहेको पुरुष देखेर प्रहरीले उपचारका लागि मध्यपुर अस्पताल पु¥याए पनि मृत्यु भइसकेको अस्पतालका चिकित्सकले जानकारी गराएका थिए ।**


Last Updated on: January 29th, 2021 at 8:07 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया