मंगलबार १९ साउन २०७८

*#*#बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बान्द्रा रिक्लामेशन क्षेत्रमा आलिशान अपार्टमेन्ट खरिद गरेकी छन्। यो क्षेत्र मुम्बईको सबैभन्दा नजिकको क्षेत्रमा पर्छ। उनले पिंकभिलासँगको कुराकानीका क्रममा यस बारेमा जानकारी दिएकी हुन्।
****उनले भनिन्, ‘जहिलेदेखि मैले काम सुरु गरेकी थिए, मेरो सपना थियो की म ३० वर्षको हुनु भन्दा अगाडि नै आफ्नै मेहनतमा घर किनौँ। हो केही वर्ष ढिला भयो तर मैले किन्न सकेँ।’

****सोनाक्षी अहिले आफ्नो आमाबाबा पुनम र शत्रुघन सिन्हासँग उनीहरुको जुहुमा भएको घरमा बस्दै आएकी छिन्।

उनको योजना अगाडि पनि यही घरमा बस्ने छ। उनले भनिन्, ‘मलाई मेरो बाबा आमाको साथमा रहेर बस्न राम्रो लाग्छ। अहिले नै म घर छोड्ने योजनामा छैन। यो घर किन्नु भनेको मेरो सपना पूरा गर्नु मात्रै हो र एउटा राम्रो लगानी मात्रै हो।’

***पछिल्लो समय सोनाक्षी सिन्हा सलमान खानसँग चलचित्र दबंग ३ मा देखिएकी छन्। हाल उनी अजय देवगणसँग मल्टी स्टारर चलचित्र ‘भुजःद प्राइड अफ इन्डिया’ मा काम गरिरहेकी छन्।

*##*नयाँ वर्षको आगमनसँगै बलिउडका स्टारहरुको सम्पत्ति किन्ने क्रम बढिरहेको छ।

केही समय अगाडि जाह्वी कपूर र ऋतिक रोशनले मुम्बईको जुहु क्षेत्रमा घर किनेको खबर सार्वजनिक भएको थियो। यस्तै अभिनेत्री आलिया भाटले पनि बान्द्राको एक घरमा लगानी गरेकी थिइन्।


Last Updated on: January 29th, 2021 at 9:26 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया