बिहिबार १० आषाढ २०७८

काठमाडौँ। अमेरिकी संसदका लागि प्रतिनिधि सभाको सभामुखमा न्यान्सी पेलोसी पुनः निर्वाचित भएकी छिन्। सभामुख पदका लागि भएको मतदानमा खसेको कुल ४२७ मतमध्ये डेमोक्रेटिक पार्टीकी उम्मेदवार न्यान्सी पेलोसीले २१६ मत पाएर निर्वाचित भएकी हुन् ।

उनको प्रतिद्वन्द्वी रिपब्लिकनकी उम्मेदवार केभिन म्याकार्थीले २०९ मत प्राप्त गरेका छन्। तथ्यांकका अनुसार छ जना डेमोक्रेटिक सांसदहरूले पेलोसीलाई मत दिएनन्। जबकि सबै २०९ रिपब्लिकनहरू मत केभिन म्याकार्थीको पक्षमा झरेको थियो।

केभिन सदनमा अल्पमत नेता बनेका छन्। अमेरिकी प्रतिनिधिमण्डलमा ४३५ सदस्यलाई मत दिने अधिकार छ। जबकि ६ यस्ता सदस्यहरु छन्, जो मतदनामा सहभागी हुँदैनन् । यद्यपि पेलोसी थोरै मतको अन्तरबाट विजयी भएकी हुन्। तर सन् २०१४ को तुलनामा उनले यस पटक दुई मत बढी पाएकी छिन् ।

यसैबीच पेलोसीले सभामुखको रुपमा यो कार्यकाल अन्तिम रहेको घोषणा गरेकी छिन्। मानवअधिकार मुद्दाहरुको एक ठूलो समर्थक पेलोसीले चुनावपछि नयाँ संसद एकदम चुनौतीपूर्ण समयमा सुरु हुन गइरहेको बताइन्।


Last Updated on: January 4th, 2021 at 1:54 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया