शुक्रबार ०४ आषाढ २०७८

******मकवानपुरमा भएको एक सवारी दुर्घटनामा परी लगभग २ दर्जन घाइते भएका छन्।

****मकवानपुरमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका हुन्।

*#*#दुर्घटना बकैयाँ गाउँपालिका-४ छतिवनस्थित निर्माणाधीन धरान-चतारा सडकखण्डमा भएको प्रहरीले जनाएको छ। ना३ख ३३४४ नम्बरको उक्त बस धियाँलबाट हेटौंडा जाँदै थियो।

*#*#प्रहरीका अनुसार बसमा ३० जना यात्रु थिए। त्यस मध्ये २२ जना घाइते भएको र घाइतेहरुलाई जिल्ला अस्पताल हेटौंडा पुर्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

*#*#सडकको किनारमा रहेको तारको जालीमा ठोक्किएर बस पल्टेको प्रहरीको भनाई छ।


Last Updated on: January 29th, 2021 at 1:17 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया