आइतबार ०७ कार्तिक २०७८

###काठमाण्डौ । प्रदेश १ का मुख्यमन्त्री शेरधनसंगको स’म्बन्धमा बालिका खड्काले अहिलेसम्मकै कडा बयान दिएकी छन् । उनले एक अन्तरवार्तामा मुख्यमन्त्री शेरधनले आफुलाई एक मन्दिरमा सिन्दुर हालिसकेको बताएकी छन् । बालिकाले शेरधनको बारेमा आफुले हावाको भरमा नबोलेको बताउँदै परिआएको खण्डमा उक्त प्रमाण पनि दिने उनले बताएकी छन् । उनले शेरधनले आफुलाई प्रेम गरेको बाहाना धेरै पटक सार्वजनिक ठाउँहरुमा यौ’ ‘न शो’षण गर्दै आएको कुरा सार्वजनिक रुपमा बताउँदै आई रहेकी छन् ।

बालिकाले आफुलाई शेरधनको पहिलो श्रीमतीको रुपमा चिनाउँदै आएता पनि शेरधनले मन्दिरमा उनीसंग बिहे गरेको कुरा भने पहिलो पटक भनेकी छन् । उनले भनिन्,‘शेरधनले मलाई मन्दिरमा सिन्दुर हालेका छन् । यस नाताले म उनकी पहिलो श्रीमती हुँ । पहिलो श्रीमती भएको हुनाले शेरधनको हरेक कुरामा मेरो अधिकार छ । त्यस नातामा उनले मलाई पहिलो श्रीमतीको दर्जामा राख्नु पर्दछ ।’ उनी अगाडी भन्छिन्,‘यदि शेरधनले मेरो कुरा मानेन भने पछि अप्ठ्यारो उ र उस्को दोश्रो श्रीमतीलाई नै हुनेछ ।’

बालिकाले शेरधन र आफ्नो सम्बन्धको कुरा विगत केही वर्षदेखि नै विभिन्न सामाजिक सञ्जालहरुमा गर्दै आईरहेकी छन् । उनले शेरधनले आफुलाई सार्वजनिक ठाउँमै यौ ‘न हिं’ ‘सा गरेको समेत बताउँदै आएकी छन् । उनले शेरधनलाई यस्ता विभिन्न आरोपहरु लगाई रहंदा भने मुख्यमन्त्री राईले यही माघ ११ गते मिस मंगाल शेर्पासंग बिहे गरेका छन् । शेरधनको विबाह भएपछि बालिका यतिबेला आफ्नो हक र अधिकारको विषयलाई लिएर झनै सक्रिय हुँदै विभिन्न सञ्चारमाध्यमहरुमा आफ्ना भनाईहरु राखिरहेकी छन् । भिडियोसहित


Last Updated on: January 29th, 2021 at 3:43 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया