बिहिबार १० आषाढ २०७८

****आजभोलि खाना खाने समय तथा खानाले धेरैलाई असर पुर्याइरहेको छ । त्यसमाथि पनि युवा पुस्ताहरुलाई बाहिरको खाना भनेपछि जति बेला पनि खाइरहेका हुन्छन् ।

****खराव जीवनशैलिको कारण सानो उमेरमै उच्च रक्तचाप तथा सुगरको समस्याबाट ग्रसित युवाहरु बढिरहेका छन् । साथै सानो उमेरमा किड्नी प्रत्यारोपणसम्म गर्नुपर्ने समस्या आइरहेको छ । आज हामी तपाईलाई मृगौला जोगाउने केही उपायका बारेमा जानकारी दिदैछौँः

*) पिसाव नरोक्नुहोस्ः यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस्। पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ।

**) नून बढी नखानुहोस्ः खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ। यसले मृगौलामा दवाव पैदा गर्छ। तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ।

***) पानी धेरै पिउनेः तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ। पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ। यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ।


Last Updated on: January 29th, 2021 at 5:40 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया