शनिबार ३० आश्विन २०७८

***लामो समयदेखि नेपालमा राजनीतिक स्थिरता र विकाशले गति लिन सकेको छैन । जतिसुकै शक्तिशाली प्रधानमन्त्री बनेर बालुवाटार प्रवेश गरेपनि परिणाम शून्य नै देखिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनबाट सबैभन्दा धेरै नेपालको आर्थिक स्थिति कमजोर हुन पुगेको छ ।

***नेपालमा लामो समयदेखि वास्तुशास्त्रको खोज तथा अनुसन्धानमा लागिरहेका वास्तुविद् सुरेशचन्द्र रिजाल “शिव“ले प्रधानमन्त्री तथा सांसद भवनको वास्तु नमिलेको कारणले गर्दा बारम्बार देशमा राजनीतिक संकट देखा परिरहेको जानकारी गराएका छन् ।

****‘देशको प्रगतिका लागि वास्तु मिलाउनु अपरिहार्य छ । वास्तु नमिल्दा भाग्य र कर्मबाट प्राप्त सफलता निस्कृय हुन पुग्दछ । हामीले सानो–सानो कुरा ख्याल नगर्दा त्यसको परिणाम सकारात्मक भन्दा पनि नकारात्मकतामा वृद्धि हुँदै जान्छ र त्यसले समग्र क्षेत्रमै प्रभाव पारिरहन्छ’, उनले भने ।

(थप वास्तुविद् रिजालकै शब्दमा )

*#*#वास्तुशास्त्रले जग्गाको बनावट तथा उच्चाईको आधारमा काम गर्ने गर्दछ । हाम्रो देश नेपालमा हिमाल, पहाड र तराई गरि तीन भागमा विभाजन भएको भूमि छ । त्यसैले वास्तुशास्त्रले उच्चाईको आधारमा काम गर्ने भएकाले काठमाडौ पहाडी भूबनोटमा बनेको जग्गा हो । वरिपरि पहाड र बिच्चमा खाल्टो अर्थात कचौरा आकारमा बनेको भूमि हो ।

*#*#यस्तो जग्गको लागि छुट्टै प्रकारको वास्तुशास्त्रको नियम लागुहुने गर्दछ । पछिल्लो समयमा वास्तु मिलाए भवन बनाउने प्रचलन बढ्दै गएता पनि पुराना संरचना वास्तुसंम्बत नमिलेको उनको तर्क छ ।

*#*#प्रधानमन्त्री बस्ने बालुवाटारको भवन पनि मिलेको छैन । प्रधानमन्त्री निवासको छेउछाउको ऊर्जा एकदमै कमजोर छ। जतिपनि प्रधानमन्त्री बनेर बालुवाटार प्रवेश गरे पनि निस्कने बेला अपजस, आलोचना तथा रोगी भएर निस्कने गरेको विगतका प्रधानमन्त्रीहरुको इतिहासबाट पनि अनुमान लगाउन सकिन्छ ।

कतिपय अवस्थामा स्थानान्तरण गरेपछि पनि राम्रो भएका धेरै उदाहरण छन् । विशेषगरी उत्तर या पूर्वी दिशातर्फ प्रधानमन्त्री निवास र सांसद भवन सारेमा नेपले गतिलो लिडर पाउने छ । अहिलेको सांसद भवन पनि गोलाकारमा बनेकाले पनि शुभ छैन । यस्तो भवनमा बसोबास गर्नेलाई अपमान, तिरस्कार आर्थिक नोक्सानि बाहेक केहि प्राप्त हुँदैन ।

वास्तुका हिसाबले गोलाकारमा बनेको भवनबाट शुभ भन्दा पनि अशुभ फल नै हुने शास्त्रमा उल्लेख गरिएको छ । स्थायी शान्ति र दिगो विकाशका लागि वस्तुसंवत् भूमिमा बसेर कारोबार गर्नु अपरिहार्य छ ।


Last Updated on: January 29th, 2021 at 5:49 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया