शुक्रबार ०४ आषाढ २०७८

*#*#हिन्दु धर्ममा विश्वास गर्ने हर कोहीले राशीलाई विश्वास गर्ने गर्छन् । राशी अनुसार हरेक व्यक्तिको स्वभाव आचरण फरक फरक हुन्छ।

एक मानवले गर्ने व्यवहार र अर्कोले मानवले गर्ने व्यवहार फरक हुनु स्वभाविक नै हो । यद्यपी आज हामी केही दुई राशीको बारेमा बताउन गइरहेका छौँ । जुन राशीसँग सबैको मन जित्न सक्ने क्षमता रहेको हुन्छ।

(सिंह राशि) जिद्दी स्वभावको देखिने यी राशी भएका व्यक्तिहरु अरुको मनमा सजिलै राज गर्न सक्छन्। आफ्नो दुखलाई भन्दा अरुको दुखलाई विशेष प्राथमिकता दिने सिंह राशी भएका व्यक्तिहरु सबैको नजरमा छिट्टै बस्न सक्ने क्षमता भएको हुन्छ । अरुको दुखमा आफुसँग भएको हरचिज अर्पण गर्न सक्ने क्षमता भएकाले उनीहरुले सबैको मनमा राज गर्छन्।

(कुम्भ राशि) यो राशी भएका व्यक्तिहरु साधारण र सिधा हुने गर्छन् । अरुको मन दुखाउन नचाहने भएकाले उनीहरुलाई सबैले मन पराउँछन् ।

अरुको नराम्रो देख्न नसक्ने हुँदा जस्तोसुकै हालतमा पनि सहयोग गर्न चाहन्छन् । त्यसकारण उनीहरु सबैको मनमा राज गर्न सफल हुन्छन् ।


Last Updated on: January 29th, 2021 at 6:47 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया