बिहिबार २१ साउन २०७८

****भनिन्छ नि नानीदेखि लागेको बानी छुट्न गाह्रो छ। त्यसैले नानीदेखिनै राम्रो बानीको विकास गर्न सके त्यो बच्चा जीवनमा सफल हुन्छ।

*#*#हुन पनि बालबालिका काँचो माटो हुन्। काँचो माटोलाई परिमार्जन गर्दै कुमालेले विभिन्न आकृतिका भाँडाकुँडा बनाएजस्तै बालबालिकालाई पनि विभिन्न ज्ञान र सीप सकाउन सकिन्छ।

*#*#त्यसैलै पनि उनीहरुलाई सानैदेखि राम्रा कुरा सिकाउन जरुरी छ । बच्चालाई राम्रो बानी सिकाउने जिम्मेवारी आमाबुबा र अभिभावकको हो ।

*#*#कतिपय कुराहरु बच्चा आफैले भोगेर सिक्छन् । कतिपय कुराहरु आमाबुवाले नै सिकाउनुपर्ने हुन्छ । कतिपय पढेर र धेरै कुरा ठूलो भएपछि आफै सिक्छन्।

***तर उनीहरुको सफलताका लागि अभिभावकले ध्यान दिएर सिकाउनुपर्ने कुरा यस्ता छन् स्

धैर्य हुन सिकाउनुहोस्
धैर्यता मानिसको साथी हो । धैर्यताले धेरै सफल बनाउन सकिन्छ । आजकलको बच्चामा धैर्यताको कमि देखिन्छ । उनीहरुलाई हरेक कुरा चाँडो र हातमै चाहिन्छ ।

*#*#बच्चालाई धैर्य गर्न सिकाउनुहोस । उनीहरुलाई धैर्य र मेहनतले नै सबै काम बन्छ भनेर सिकाउनुहोस । यसो भए सफलताका लागि धैर्यता गर्न सिक्छन् र पाउँछन् ।

*#*#सही र गलतको थाहा पाउने बनाउनुहोस
बच्चालाई सही र गलतको फरक छुट्याउन सिकाउन आवश्यक छ । सही र गलत थाहा भएपछि मात्र उनीहरुमा निर्णय लिने क्षमता राख्छन्।

***बच्चाले सही र गलतबीच फरक छुट्याउन सक्ने हुन्छन् । उनीहरुले कहिले गलतको पनि साथ दिँदैनन् । सहीको नै साथ दिन्छ।


Last Updated on: January 29th, 2021 at 7:10 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया