सोमबार ०७ आषाढ २०७८

****(एजेन्सी)। भारतको राजधानी दिल्लीस्थित इजरायली दूतावास नजिकै विस्फोट भएको छ। भारतीय सञ्चार एजेन्सी पीटीआईले दूतावास नजिकै विस्फोट भएको जानकारी दिएको छ। बीबीसी हिन्दीका अनुसार विस्फोटका कारण केही कारहरुलाई क्षति भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ।

*#*विस्फोट के कारणले भयो र क्षति कति भयो भन्ने विषयमा भने विस्तृत विवरण आइनसकेको जनाइएको छ। भारतमा यति बेला किसान आन्दोलन पनि चरममा पुगेको छ।


Last Updated on: January 29th, 2021 at 7:36 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया