शनिबार ३० आश्विन २०७८

*#*#हामीले भान्छामा अदुवाको प्रयोग गरेर हाम्रो खाना मिठो र स्वादिलो बनाउँछौँ । त्यसैमाथि अचार बनाउन तथा तरकारीमा हालेर हामी यसलाई खान्छौँ । तर, हामी कतिपयलाई अदुवा औषधिको रुपमा पनि प्रयोग गरिन्छ भनेर थाहा नहुन सक्छ ।

(यस्ता छन् अदुवाका गुण)

*** खाना खानुअघि एक टुक्रा अदुवामा सिधेनून अथवा अरु नै नून मिलाएर खाएमा अरुचि रोग हुँदैन । जसले गला जिब्रो सफा हुन्छ । भोक बढाउँछ ,पेटमा पाचन रस बनाउँछ , पखाला तथा दिशा सम्बन्धी केही रोग भए ठीक हुन्छ । खाना खाए पश्चात् एक टुक्रा अदुवा खाने गरे रोग लाग्न दिँदैन ।

*** अदुवाको रसमा बराबर मौरीको मह मिलाएर खाएमा श्वास रोग, कफ बिकार, मन्दाग्नि, रुघा,अमन हुने, वातज अण्डवृद्धि र श्वास बढ्ने रोगमा लाभ हुन्छ ।

*#*# कागतीको रसमा अदुवा मिलाएर खानाले पैत्तिक मन्दाग्निमा, सक्खरमा मिलाएर खानाले अजीर्णमा, पूरानो गुँड मिलाएर खानाले खोकीमा, शरीर सुनिएकोमा र जिउ चलाउने मिश्रीसँग मिलाएर खाएमा अथवा मह मिलाएर खानाले, कफ रुघामा तुलसीको रस, मह र मुजुरको प्वाँख डढाएको खरानी मिलाएर खानाले छाद्ने रोग सञ्चो गर्छ ।

दूध मिलाएर नाकबाट खुवाए टाउको दुख्नेमा, जुवानो अदुवाको रसमा पिँधेर शरीरमा घस्नाले बाथको पीडामा, क्रिफला र गुँड मिलाएर दिनाले सन्निपातमा, ज्वरो आएको रोगीको घाँटी घरघर गर्नेमा लाभ गर्छ ।

अदुवाको रस नाकबाट भित्र चुहाउनाले ज्वरोको मूर्छामा लाभ गर्छ । शरीरको गर्मी जति तातो गरी कानमा टप्काउनाले कान दुख्ने रोग जाती हुन्छ । अदुवा पिसेर हात खुट्टामा दल्नाले हातखुट्टा बाउँडिने समस्या पनि हराउँछ । यसको साथमा सिधेनुन मिलाएर खाने गरे राम्रो गर्छ ।

(कुन अवस्थामा प्रयोग नगर्ने अदुवा)

***चिकित्सकहरूका अनुसार पाण्डुरोग, हातखुट्टा, पायल्स, नङ, आँखा पहेँलो हुने रोग, जन्डीस , मूत्रकृच्छ, पिसाब पोल्ने रोकीने, ज्वरोमा शरीर पोल्ने, पित्त प्रकृतिवालालाई यसले हानी गर्छ ।

****यस्तो समस्याले हुनेले अदुवा खान हुँदैन । तर, सिधेनुन र ज्यामीर कागतीको रससँग मिलाएर खान सकिन्छ भन्ने धन्वन्तरिको भनाइ छ ।


Last Updated on: January 30th, 2021 at 8:10 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया