मंगलबार ०८ आषाढ २०७८

**१४ वर्षकी किशोरीलाई च्याटबाट फसाएर यौ**न सम्बन्ध राख्ने प्रयास गर्ने एक व्यक्ति जेल पुगेका छन् । अमेरिकाको इडाहो राज्यको पोकाटेलोका ती व्यक्ति यौन सम्बन्धका लागि किशोरीलाई भेट्न पुगेका थिए तर उनीसँग** च्याट गर्ने किशोरी नभइ एक वयस्क पुरुष थिए जसको हातमा क्यामेरा थियो । बाल यौनशोषणविरुद्ध काम गर्ने इडाहोको** एक संस्थाले फेसबुकमा यो भिडियो पोस्ट गरेको छ ।

२६ वर्षका डेस्मण्ड शे बोर्जुमोस्कीलाई मंगलबार साँझ पोकाटेलो ##पुलिसले पक्राउ गरेको हो । भिडियो रेकर्ड गर्ने व्यक्तिले सुरक्षाको कारण देखाउँदै आफ्नो पहिचान नखुलाइदिन आग्रह गरेका छन् । भिडियो रेकर्ड गर्ने## व्यक्तिले इस्ट इडाहो न्यूजसँग कुरा गर्दै घटनाबारे बताएका छन् । जोसेफ (काल्पनिक नाम) ले क्रिस ह्यान्सेनको भिडियोबाट आफूले यतो आइडिया पाएको बताएका छन् । ह्यान्सेन एनबीसी न्यूजका पत्रकार हुन् जसले ‘टु क्याच अ प्रिडेटर’ नामको लोकप्रिय कार्यक्रम च*लाउँथे जसमा यौन लाभ लिनको लागि खोजीमा रहने व्यक्तिहरुलाई क्यामेराको सामना *गराइन्थ्यो ।


Last Updated on: January 30th, 2021 at 8:18 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
८९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया