मंगलबार ०८ आषाढ २०७८

*****खोटाङ – खोटाङमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।

*#*#मृत्यु हुनेमा खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारी रहेकी छिन् । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी उनको शुक्रबार मृत्यु भएको हो ।

*#*#गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेर उनी घाइते भएकी थिइन् ।

****गम्भीर घाइते भएकी हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको जनाइएको छ । उनी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक थिइन् ।


Last Updated on: January 30th, 2021 at 8:32 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया