मंगलबार ०८ आषाढ २०७८

*** एक्काइसौँ शताब्दी विज्ञान र प्रविधिको युग हो । योविना कुनै पनि काम असम्भवजस्तै बनेको छ । यसको सहयोगले नै मानवका हरेक इच्छा र आकाङ्क्षा पूर्ति भइरहेका छन् । तर, ****मानवको यो इच्छा र आकाङ्क्षा पूर्ति गर्नेक्रममा अप्राकृतिक वस्तुहरूको उत्पादन पनि तीव्र रूपमा भइरहेका छन् । यस्ता अप्राकृतिक वस्तुको उत्पादन र खपत संसारभर नै *****बढिरहेका छन् । उत्पादन विकसित मुलुकमा र प्रयोग विकासशील वा कम विकसित मुलुकमा हुँदै आएको छ । यो प्रक्रियामा ***नेपालजस्तो देश अछुतो रहने त कुरै भएन । झन् दुवैतिर ठूला औद्योगिक राष्ट्र रहेको र कम उत्पादकत्व भएको देश हुनाले नेपालमा यसको प्रभाव अझ बढी परेको छ ।

हामीकहाँ विज्ञान र प्रविधिको विकास ढिलोगरी सुरु भयो । यसले आर्थिक विकासमा पारेको प्रभाव त छँदै छ, मानिसमा वैज्ञानिक चेतनाको विकास पनि पर धकेल्यो । यस्तो अवस्थामा विकसित राष्ट्रले उत्पादन ***गरेका अप्राकृतिक वस्तुले के–कस्तो असर गर्छ भनेर खुट्ट्याउन कठिन नै हुन्छ । तर, विदेशबाट आयात गरिएका वा देशभित्रै उत्पादन गरिएका अप्राकृतिक वस्तुको प्रयोग सहर होस् वा गाउँ सबैतिर भइरहेका छन् । यस्ता वस्तुमा प्रयोग भएका रसायनले हाम्रो स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेका हुन्छन् ।*** तर अशिक्षितमात्र होइन, शिक्षित समुदायले पनि त्यति ध्यान दिएको पाइँदैन । शृङ्गार, सरसफाइ, प्लास्टिकजन्य पदार्थ, अत्याधुनिक रङ्गरोगन, कीटनाशक विषादि आदिको जथाभावी प्रयोग हुँदा त्यसमा भएका विभिन्न किसिमका **रसायनले हानि पुर्याइरहेका हुन्छन् । त्यसैले यस्ता वस्तुहरू प्रयोग गर्दा विशेष सतर्कता जरुरी हुन्छ ।,याे खबर गाेरखापत्र दैनिकमा छ ।


Last Updated on: January 30th, 2021 at 12:09 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६० पटक हेरिएको

तपाईको प्रतिक्रिया