मंगलबार ०९ कार्तिक २०७८

*#*स्वार्थ, लोभ मानवमा हुनु कुनै नराम्रो कुरा होइन। अरुलाई प्राथमिकतामा राख्दा आफ्नो प्रगति नहुने भएकै कारण मानिसहरु स्वार्थी हुन्छन्। तर केहि व्यक्तिहरु भने आफूलाई भन्दा अरुलाई प्राथमिकतामा राख्न रुचाउँछन्।

***ज्योतिषशास्त्रका अनुसार हरेक राशिको आफ्नो-आफ्नै व्यवहार र स्वभाव हुन्छ। यसै आधारमा रहेर पनि राशि अनुसार स्वार्थीपन छुट्याउन सकिने ज्योतिषीहरु बताउँछन्।कुन राशिले आफूलाई कति प्रतिशत प्राथमिकतामा दिन्छ त ? हेर्नुहोस्

(मेष)
व्यवहारले मेष राशि हुने व्यक्तिहरु अरुको भन्दा आफ्नो फाइदाको पक्षमा ध्यान दिन्छन्। ज्योतिषशास्त्रका अनुसार यिनीहरु लगभग ७० प्रतिशत स्वार्थी हुन्छन्। स्वभावले दयालु भएता पनि फाइदा हुने अवस्थामा यिनीहरु आफैलाई प्राथमिकतामा राख्छन्। तर अरुको प्रगतिमा भने कहिले पनि इर्ष्या नगर्ने मेष राशिको स्वभाव हुन्छ।

(वृष)
वृष राशि हुनेहरु आफ्नो लागि मात्र नभई अरुको लागि पनि सोच्छन्। यिनीहरु लगभग ४५ प्रतिशत स्वार्थी हुन्छन्। आफूलाई घाटामा राखेर पनि कहिले काहीं वृष राशि हुनेहरु अरुलाई प्राथमिकता दिन्छन्।

(मिथुन)
अरुलाई मद्दत गर्ने स्वभावका भएर पनि मिथुन राशिहुनेहरु अरुलाई भन्दा बढी आफूलाई प्राथमिकतामा राख्छन्। यिनीहरु भित्र लगभग ६० प्रतिशत स्वार्थ लुकेको हुन्छ।

(कर्कट)
स्थिति अनुसार कर्कट राशि हुनेहरु आफूलाई प्राथमिकतामा राख्ने की अरुलाई भन्ने बारे निर्णय गर्छन्। यिनीहरु लगभग ५० प्रतिशत मात्रै स्वार्थी हुन्छन्। आवश्यकता परेको खण्डमा कर्कट राशि हुनेहरु घाटामा पनि चित्त बुझाउँछन्।

(सिंह)
स्वभावले अलि रिसाहा भएता पनि सिंह राशि हुनेहरु आफूलाई भन्दा बढी अरुलाई प्राथमिकतामा राख्छन्। यिनीहरु लगभग ४० प्रतिशत मात्र स्वार्थी हुन्छन्। अरुको मन जित्न सिंह राशि हुनेहरु आफ्नो मात्र स्वार्थ नहेरेर अरुको फाइदामा पनि योगदान दिन्छन्।


Last Updated on: January 30th, 2021 at 3:17 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया