सोमबार ०७ आषाढ २०७८

*#,#,हलिउडमा निर्माण हुने एक महिला प्रधान फिल्ममा नेपालकी ट्रान्सजेण्डर मोडल अञ्जली लामाले अभिनय गर्ने भएकी छन् ।

***,हलिउडका ६ महिला निर्देशकले निर्देशन गर्ने ६ कथाको फिल्ममध्ये एक फिल्ममा अञ्जलीको अभिनय रहनेछ ।

*#*#समाचारअनुसार अञ्जलीले लीना यादवको सर्ट फिल्म ‘सेयरिङ ए राइड’मा अभिनय गर्नेछिन् । यो फिल्ममा बलिउड अभिनेत्री ज्याकुलिन फर्नान्डिजको पनि अभिनय रहनेछ । यी महिला निर्देशकका फिल्ममा ड्रामा, कमेडी र एनिमेसन फ्लेभर हुनेछन् ।

****लीनाले ‘पार्चड’, ‘राजमा चावल’ र ‘तीन पत्ती’ जस्ता फिल्म निर्देशन गरिसकेकी छन् । महिला समूहमा कारा डेलेविङ्गने, ईवा लोंगोरिया, मार्गरिटा बोय, लियोनोर वरेला र मार्सिया गे हार्डेन पनि छन् । यी फिल्महरु इटली, भारत र अमेरिकामा छायांकन हुनेछन् ।


Last Updated on: January 30th, 2021 at 3:31 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया