मंगलबार ०८ आषाढ २०७८

***बलिउडका ‘हल्क’ अर्थात् अभिनेता जोन अब्राहमले सामाजिक सञ्जालमार्फत आफ्नो फिल्म ‘सत्यमेव जयते २’ लाई ईद २०२१ मा रिलिज गर्ने घोषणा गरेका छन् ।

*#*#उनले यो दिन फिल्म रिलिज गर्नका लागि निर्माण पक्ष उत्साहित भएको उल्लेख गरेका छन् । जोनको यो घोषणासँगै २०२१ को ईदमा सलमान खानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाई’ र जोनको ‘सत्यमेव जयते २’बीच तिब्र प्रतिष्पर्धा हुने पक्कापक्की भएको छ ।

***अभिनेता सलमानले केही दिन अघि मात्र आफ्नो फिल्म ईदमै रिलिज हुने घोषणा गरेका थिए । सलमानसँग फिल्म वितरक र प्रदर्शकले उनको फिल्मलाई थिएटरमै रिलिज गर्न आग्रह गरेका थिए । कोरोनाका कारण बिग्रिएको आफूहरुको आर्थिक अवस्थालाई सुधार्न सलमानको फिल्मले मौका दिने उनीहरुको बुझाई थियो ।

*#*#सलमानले उनीहरुको कुरा सुनेपछि फिल्मलाई थिएटरमै रिलिज गर्ने घोषणा गरेका थिए । तर उनले फिल्म रिलिजमा थिएटर सञ्चालकले स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्ने शर्त राखेका थिए ।

***एकैदिन सलमान र जोनको फिल्म रिलिज हुनेभएपछि थिएटर सञ्चालकहरु खुशी छन् । दुवै फिल्म आम दर्शकका लागि भनेर बनाइएकाले फिल्मले बम्पर ओपनिङ गर्नेमा थिएटर सञ्चालक ढुक्क छन् ।


Last Updated on: January 30th, 2021 at 4:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया