मंगलबार ०८ आषाढ २०७८

भारतीय अभिनेत्री कंगना रावतले राजनीतिक फिल्ममा इन्दिरा गान्धीको भूमिका निभाउने भएकी छिन् । भारतको पूर्वप्रधानमन्त्री समेत रहेकी इन्दिरा गान्धीको जीवनीमा आधारित फिल्ममा कंगनासहित अन्य लोकप्रिय कलाकारहरुको अभिनय रहने कंगनाले बताएकी छिन् ।

कंगनाले ट्विटरमा लेख्दै, गान्धीको जीवनीमा आधारित नभइ एक ऐतिहाँसिक घटनामा आधारित फिल्म रहेको बताइन् । ‘यसले भारतको वर्तमान सन्ततिले भारतको राजनैतिक, सामाजिक इतिहाँसबारे थाहा पाउनेछन्’, उनले भनिन, ‘यसको स्क्रिप्टको काम अन्तिम चरण पुगेको छ ।’ उनले गान्धीको भूमिकामा खेल्ने फिल्मको एक फोटोसमेत सार्वजनिक गरेकी छिन् ।

कंगना रनावत
भारतीय राजनीतिको इतिहाँसमा सबैभन्दा प्रतिष्ठित व्यक्तिको भूमिका निभाउन व्यंग्र प्रतिक्षामा छु रहेको पनि कंगनाले बताएकी छिन् । कंगनाले निर्माण गर्ने यस फिल्ममा कथा लेखन तथा निर्देशन साइ कबिरले गर्दैछन् । एजेन्सी


Last Updated on: January 30th, 2021 at 5:38 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया