बिहिबार २१ साउन २०७८

*#*#प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा निर्माण गर्न लागिएको भरतपुर सिटीहलको शिलान्यास गरेका छन् । भरतपुर पुगेका प्रधानमन्त्री ओलीले मेयर रेणु दाहाललाई खोजी गरेका थिए ।

***सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मेयर रेणु दाहाल यत्ति ठूलो र ऐतिहासिक कार्यक्रममा किन नआएको भन्दै भरतपुर वासीहरुलाई प्रश्न समेत गरेका छन् । “तपाईहरुले जिताएको मेयर आज खै देख्दिन त ? पिकनिक खान गएको हो कि नत्र यस्तो ऐतिहासिक बेलामा मेयर नदेखिनु अचम्म हो ।”

प्रधानमन्त्री ओलीले चितवनको विकास अब तिब्र गतिमा सुरु भएको उल्लेख गरेका छन् । अबको केही वर्षमा चितवनको मुहार फेरिनेछ र विकासको यो क्रम आजबाट तिब्र रुपमा सुचारु भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले चितवनको विकासका कुरासंगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मेयर रेणु दाहाललाई कटाक्ष समेत गरेका छन् । तपाईहरुले जिताएको सांसदहरु यत्ति ठुलो परियोजनाको शिलान्यासको घडीमा नबसेको देखेर दुख लाग्दैन भन्दै जनता सामू प्रश्न समेत उठाएका थिए । केपी ओलीका अनुसार बुवा प्रचण्ड देश दौडाहामा हिंडेका छन् भने छोरी रेणु दाहाल पिकनिक खान गएकोले यस्तो मौकामा उपस्थित नभएको होला भन्दै व्यंग्य गरेका छन् ।


Last Updated on: January 30th, 2021 at 7:38 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया