शुक्रबार ०४ आषाढ २०७८

*#*#(नायिका) वर्षा शिवाकोटी यतिबेला चर्चामा छिन् । केही समयदेखि प्रेममा रहेका उनका प्रेमी सबिनजंग थापाले वर्षाले धोका दिएको भन्दै सामाजिक सञ्जालमा छताछुल्ल पारेपछि उनको चर्चा चलेको हो ।

अमेरिकाको टेक्सासमा बस्दै आएका सविनजंगले केही हप्ताअघि एक फिल्म निर्माणको घोषणासमेत गरेका थिए । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू पहिलो प्रोजेक्टस्वरुप फिल्म ‘ओभरडोज’ मा जोडिएको बताएका थिए । साथै उनले यो फिल्मलाई लिएर आफू उत्साहित भएको पनि लेखेका थिए।

सविनले (सामाजिक) सञ्जालमार्फत वर्षाले आफूलाई धोका दिएको भन्दै आफूलाई अप्ठेरो परेका बेला वर्षाले साथ नदिएको भन्दै लामो नोट लेखेका छन् ।

***सविनले आफूले १७ महिनादेखि वर्षालाई प्रेम गरेको तर उनले धोका दिएको लेखेका छन् । उनले वर्षाले धोका दिएपछि आफू डराउन थालेको पनि बताएका छन् ।

‘ठीकै छ, मैले जतिबेला (संघर्ष) गरिरहेको थिएँ, त्यही बेला छोड्यौ, म मेरो सपनाहरु पूरा गर्नेछु, तिमीलाई पनि गुड लक,’ उनले लेखेका छन् ।

*#*#*यता वर्षा शिवाकोटीले भने सविनले मिडियामा छाउन आफूमाथि आरोप लगाएको बताएकी छिन् । खबरहबसँगको कुराकानीमा वर्षाले भनिन् – यसबारेमा मलाई केही बोल्नुपर्छ जस्तो लाग्दैन, ऊ मान्छे कस्तो हो भन्ने सबै प्रमाण दिइसक्यो, उसले मिडिया एटेन्सन पाउन त्यसो गरिरहेको छ ।

वर्षा र सविन केही वर्षदेखि प्रेमसम्बन्धमा थिए । यी दुईले एकअर्कालाई समय दिएका थिए । सविनलाई भेट्न वर्षा अमेरिका पनि पुगेकी थिइन् । यी दुईले सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमका बारेमा खुलासा गरेका थिए । वर्षाका अनुसार यी दुईबीच केही महिनायता कुरा भएको थिएन।****


Last Updated on: January 31st, 2021 at 1:17 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया