शुक्रबार ०४ आषाढ २०७८

विश्वको सबैभन्दा अग्लो कुकुरको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाएको कुकुर फ्रेडीको मृत्यु भएको छ । इङल्याण्डको एसेक्समा आफ्ना मालिक क्लेयर स्टोनम्यानसँग बस्ने यो कुकुरको उचाइ ३ फिट ४ इन्च मापन गरिएको थियो ।

यो कुकुर साढे ८ वर्ष बाँच्यो । सीएनएनले अमेरिकन केनल क्लवलाई उद्धृत गर्दै जनाएअनुसार यो प्रजातिका कुकुरहरु ८ देखि १० वर्ष बाँच्छन् । स्टोनम्यानले फेसबुकमा एक पोस्ट गर्दै आफू फ्रेडीको मृत्युले दुखित भएको र आँखाबाट आउने आँसुसँग संघर्ष गरिरहेको बताएकी छिन् ।


Last Updated on: January 31st, 2021 at 5:58 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया