शुक्रबार ०४ आषाढ २०७८

(पोखरा) । स्याङ्जामा घाँस काट्ने क्रममा रुखबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर ५ की सेती कमिनीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । **** गाउँपालिकाको वसन्तडाँडास्थित घर भएकी ६४ वर्षीया महिलाको शनिबार
दिउँसो घाँस काट्न निस्केकी निस्केकी थिइन् ।
उनको लडेको अवस्थामा खोल्सामा आइतबार शव भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु न्यौपानेले जानकारी दिए । घाँस काट्न गएकी सेती राति पनि नफर्केपछि उनको खोजतलास गरिएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Last Updated on: January 31st, 2021 at 6:06 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया