शुक्रबार ०४ आषाढ २०७८

केही बर्षयता बलात्कारका घटनाहरु बढ्दै गएका छन् । यौनका बिषयमा मानिसमा रहेको विकृत मानसिकताका कारण बलात्कारका घटना हुने गरेका छन् । तर सदियौंपूर्व यौनलाई व्यवस्थित र अनुशासित बनाउन लेखिएको पुस्तक थियो, कामसूत्र । कामसुत्रमा यौनका बिषयमा खुलेर चर्चा गरीएको थियो ।*****

कामसूत्र भनेको केवल यौनक्रियाकलाप मात्र होइन, यसमा यौनसँगै जोडिएका थुप्रै बिषयमा ज्ञानहरु उल्लेख छ । कामसूत्रले सदियौबाट रतिक्रिया र संभोगको बारेमा मार्गदर्शन गर्दै आएको छ । यो पुस्तकमा संभोगको पोजिसनसाथै प्रेम जीवन सुमधुर बनाउने यौनका बारेमा उल्लेख छ । सोहि पुस्तक कामसूत्रमा पुरुषका केहि यस्ता गुणबारे उल्लेख छ, जसले स्त्रीलाई कसरी आर्कषित गर्न सक्छन् भन्ने चर्चा गरिएको छ ।******

*) कामसुत्रमा उल्लेख भए अनुसार स्त्रीहरु शक्तिशाली पुरुषप्रती आर्कषित हुन्छन् । शक्तिशालीका अलावा प्रेमपूर्वक र सम्मानजनक व्यवहार गर्ने पुरुषले स्त्रीलाई लोभ्याउँछन् ।
**) कामसूत्र अनुसार जो पुरुष आफ्नी बाहेक अन्य कुनै पनि स्त्रीप्रति मोहित हुँदैनन्, उनीहरु श्रेष्ठ रहन्छन् । यस्तो गुण भएका पुरुषप्रती स्त्रीको आर्कषण रहने गर्दछ ।
***) कामसूत्रमा उल्लेख गरिएको सूत्र अनुसार साहसी र शूरवीर पुरुषले सधै महिलालाई आकषिर्त गर्न सफल हुन्छन् ।
****) जो पुरुषमा महिलाको विश्वास जित्ने र भावना बुझ्ने गुण हुन्छ, उनीहरु नै स्त्रीलाई रिझाउन र आर्कषित गर्न सफल हुन्छन् ।
*****) कामसूत्रका अनुसार हरेक स्त्री पुरुषबाट त्यही कुराको अपेक्षा गर्छन्, जो पुरुषले आफ्नो स्त्रीलाई लामो समयसम्म प्रेम गरोस् ।
******) कामसूत्रका अनुसार महत्वकांक्षी र उत्साहित पुरुषले स्त्रीलाई सजिलै आकषिर्त गर्न सक्छन् । जहाँ हतोत्साहित पुरुषले स्त्रीलाई लोभ्याउन सक्दैनन् ।
******* कामसूत्रका अनुसार विद्वता भएका पुरुषप्रती महिला आर्कषित हुने गर्दछन् । यस्तो गुण भएका पुरुषले महिलालाई रिझाउन क्षमता राख्दछन् ।
*********)कामसूत्र अनुसार जुन पुरुषमा महिलाको कुरा सुन्ने गुण हुन्छ वा कुनै प्रसंग वा घटना सुनाउने क्षमता राख्छन् त्यस्ता पुरुषप्रती स्त्री सजिलै आकषिर्त हुन्छन् ।
*********) कामसूत्रमा उल्लेख गएको गुण अनुसार पुरुष त्यागी हुनुपर्छ । साथै अर्कोको निन्दा गर्ने बानी हुनुहुँदैन । यस्ता पुरुष हमेशामा स्त्रीको नजरमा पर्दछन् ।
**********) कुनैपनि काम गर्दा द्विविधामा पर्ने पुरुषलाई स्त्रीले रुचाउँदैनन् । आत्माविश्वासले भरिपूर्ण र कुनैपनि काममा द्विविधा नराख्ने पुरुषप्रती स्त्री आर्कषित हुने गर्दछन् ।


Last Updated on: January 31st, 2021 at 7:22 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया