आइतबार १७ साउन २०७८

*#*#,के लाग्छ तपाईंलाई यस ज्ञात ब्रह्माण्डको सबैभन्दा खतरनाक स्थान कुन हो ? खगोल विज्ञानबारे सामान्य चासो राख्ने पाठकहरुलाई यस बारे जिज्ञासा हुनु पनि सामान्य कुरा नै हो।

यस्तै गफ चलिरहेको थियो । एकजनाले प्वाक्क मुख फोर्‍यो–अन्तरिक्ष । हो पनि, अन्तरिक्षमा बिना कुनै सुरक्षा कवच गयो भने २-३ मिनेटमै रामनाम सत्य हुन्छ। तर अर्कोले प्रतिवाद गर्दै भन्यो–सुरक्षा कवच लिएर गइयो भने अन्तरिक्ष त के चन्द्रमामै बाँच्न सकिन्छ। १२ जना त त्यहाँ घण्टौ बिताएर पृथ्वीमा फर्केका छन। सन् २००० यता सधैँ नै केही मानिस अन्तरिक्षमा बस्दै आएका छन्। यसलाई सबैभन्दा खतरनाक ठाउ कहाँ भन्न मिल्छ? *#*#,#

(तर्कमा दम छ है !)

अर्को जान्ने भइटोपल्यो–खतरनाक ठाउँ त बुध ग्रह शुक्र ग्रह हो । त्यहाँको परम तापमय वातावरण नै सबैभन्दा खतरनाक । त्यसमा पनि अर्कोले प्रतिवाद गर्दै तर्क दिइहाल्यो– पृथ्वीमै करोडौं डिग्री सेन्टीग्रेडको तापमान बनिसकेको छ, ढीलो चाँडो उच्च तापमानमा सुरक्षित हुने ‘स्पेस सूट’ पनि बन्लान, कुन ठूलो कुरा हो ?*****

कुरा त यो पनि ठीक हो। खतरनाक स्थान भए पनि यी ब्रह्माण्डका सबैभन्दा खतरनाक स्थान हुन सक्दैनन् । उत्साहितमध्ये कसैले भन्यो – के कुरा गरिराखेको होला, सबैभन्दा खतरनाक स्थान ‘ब्लाक होल’ हो। जहाँको असीम -अनन्त गुरुत्वाकर्षणले प्रकाश त उम्किन पाउँदैन, अरुको के कुरा ? यो विचार व्यक्त हुन न पाउँदै माहौलमा मौनता छायो। सबैले मनमनै गमे, हो त नि ‘ब्लाक होल’ नै सबैभन्दा खतरनाक स्थान हो। कुनै द्रव्यमान नै नभएको, सेकेण्डमा ३ लाख किमीले गति गर्ने प्रकाश पनि जहाँ ठहरै हुन्छ, एक चिहान हुन्छ त्यही नै ब्रह्माण्डको सबैभन्दा खतरनाक स्थान हो****-

तपाईंलाई के लाग्छ चर्चा त्यही समाप्त भयो होला ? किनभने कुनै पनि आलोचक, छिद्रान्वेषी प्रतिवादीले आपत्ति नजनाउँदा कुरा त खलास नै हुन्छ। तर यो संवाद सुनिरहेका छेउमा बसेको एउटा काग र मूसा भने जोडले हाँसे, ‘होइन यो ”होमो सेपियन्स”लाई सबैभन्दा बुद्धिमान कसले भनी दिएका हुन ? हामीले त मानेका छैनौ !’ कस्तो मुर्ख कुरा गर्‍या होला – ‘ब्रह्माण्डको सबैभन्दा खतरनाक स्थान त हामी बसेको पृथ्वी हो।’

काग र मूसाको कुरा बुझ्ने एउटा मानिसले सोध्यो, होइन तिमीहरुले के भनेको, पृथ्वी कसरी खतरनाक ?

मूसाले ‘भैगो छाड्नुस यो कुरा ! यसबारे तपाईं बुझ्न सक्नु हुन्न’ भनेर कागलाई त्यहाँबाट जाऔं भन्ने इशारा गर्यो । अब बिचरा मानिसको के औकात, मूसा र कागलाई कहाँ पछ्याउन सक्थ्यो ! दुबै क्षणमै त्यस स्थानबाट अलप भए,काग उड़्यो मूसा दूलोभित्र पस्यो।

ती मानिस खुल्दुलीले ग्रस्त भई आफ्ना एकजना निठल्ला चिन्तक मित्रलाई भेट्न गए, सोधे- तिम्रो विचारमा ब्रह्माण्डको सबैभन्दा खतरनाक स्थान कुन हो ?

(‘पृथ्वी’ चिन्तकले छोटो जबाब दिए।)

होइन तपाईं पनि काग र मूसा कै बोली बोल्नु हुँदो रहेछ। तिनीहरुले त मलाई हैरान बनाएका थिए, अब तपाईंले झनै हैरान बनाउदै हुनुहुन्छ। तारा, महातारा, न्युट्रोन तारा, सुपर नोभा विस्फोट, अक्सिजन र वातावरण नभएका स्थान, ब्लाक होल आदि खतरनाक नभई पृथ्वी पनि कही सबैभन्दा खतरनाक स्थान हुन्छ ! फजूल कुरा गर्नु हुन्छ ?**–


Last Updated on: February 1st, 2021 at 8:41 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया