शनिबार ३० आश्विन २०७८

पृथ्वी राजमार्ग अन्तर्गत धादिङ्गकाे थाक्रे गाउँपालिका वडा न. २ कोइरालेमा ट्रक जुध्दा २ जनाको ज्यान गएको छ ।मुग्लिनबाट काठमाडौँ आउँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले सोही दिशातर्फ बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । *****दुर्घटना परी मृ’त्यु हुनेमा ठक्कर दिने ट्रकका सहचालक संखुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानो सुकि वडा नं ९ का किरण प्रताप गुरुङ्ग रहेका छन् । उनीहरूकाे घटनास्थलमै मृ’त्यु भएको प्ररहीले जनाएकाे छ ।

नवलपरासीकाे सुनवाल नगरपालिका वडा नं ६ का चालक लिला राम अधिकारी भने गम्भीर घाइते भएका छन् । साथै बाराकाे करैया गाउँपालिका वडा न ४ बस्ने कमल शाह पनि गम्भीर घाइते रहेका छन् । उनीहरूको उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर लगिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए ।दुर्घटनाको कारण चालक निदाएर ठक्कर खाएको हुन सक्ने प्राम्भिक अनुसन्धानमा खुलेको बताइएको छ ****।अाइतबार बेलुका ३ बजेर ३० मिनेटमा भएको दुर्घटनामा च्यापिएका चालकको २ घण्टा लगाएर मात्र प्रहरीले उद्वार गरेको निरीक्षक पाण्डेले बताए । मृ’तक दुवैकाे शव गजुरी प्राथमिक चौकीमा राखिएको बताइएको छ ।#####


Last Updated on: February 1st, 2021 at 10:52 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया