शुक्रबार ०४ आषाढ २०७८

१९ माघ । चर्चित कमेडियन कपिल शर्मालाई पुत्रलाभ भएको छ । उनकी पत्नी गिन्नी चतरथले आज छोरालाई जन्म दिएकी हुन् । कपिल शर्माले सामाजिक सञ्जालमार्फत यो खुशीको खबर शेयर गरेका हुन् ।

कपिल शर्माले ट्वीटमा लेखेका छन्, ‘नमस्कार, आज बिहान हाम्रो घरमा छोराले जन्म लिएको छ । भगवानको कृपाले बच्चा र आमा दुवैजना स्वस्थ छन् । सबैलाई धेरैधेरै धन्यवाद ।’ कपिल शर्माले श्रीमती गर्भवती भएको सुरुवातको समयमा गोप्य राखेका थिए । तरपछि आफैले खुलाशा गरेका थिए ।


Last Updated on: February 1st, 2021 at 4:42 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया