मंगलबार ०९ कार्तिक २०७८

***आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीको एक समुहले नेपालगञ्जको सरकारी अस्पतालमा पुगेर ब-वाल गरेको छ । उनीहरुले चिकित्सक र नर्सिङ स्टाफमाथि यस्तो ब्यवहार गरेका हुन् ।

ज्ञानेन्द्र शाहीसँगै त्यहाँ पुगेका युवाहरुले फिजिसियन डा विपिन **आचार्य, नर्स देवा जिसीसहित तीन जना नर्सहरुलाई माथि यस्तो ब्यवहार गरेका थिए । डा आचार्यमाथि उनीहरुले हात-पात समेत गरेका छन् ।

उनीहरु जुम्लाको एकजना विरामीको बिषयलाई लिएर त्यहाँ **पुगेको बताइएको छ । युवाहरुले ठूलो स्वरमा ह’ल्ला गरेपछि डाक्टर सम्झाउन गएका थिए । उनीहरुले सम्झाउन गएका डाक्टरमाथि नै हात-पात गरेका थिए ।

पछि ज्ञानेन्द्र शाहीले ती युवा आफ्नो नभएको बताएका थिए । उनले घटनाबारे पछि थाहा भएको र त्यस समयमा अस्पतालका मेसु डा प्रकाश थापाको कार्यकक्षमा बसेर अस्पतालको अवस्था र सुधारका विषयमा छलफल गरेको बताएका थिए । प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।**


Last Updated on: February 1st, 2021 at 7:23 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया