आइतबार १७ साउन २०७८

Logo
२०७७, पौष २२गते

नयाँ अपडेट
यो साता चर्चामा:
संसद् विघटन केपी शर्मा ओली नेकपा विवाद कोरोना भाइरस
संसद् विघटनविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने
क्यानाडानेपाल पौष २२ २०७७
64
SHARES
संसद् विघटनविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने
काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा आजदेखि निरन्तर सुनुवाइ हुँदैछ। विघटनविरुद्ध परेका मुद्दाहरूको सुनुवाई संवैधानिक इजलाशमा हुने भएको हो । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीविरुद्ध १३ वटा निवेदन परेका छन् ।

यसअघि पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले मुद्दामा सुनुवाइ गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेशअनुसार राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाले आइतबार लिखित जवाफ पेस गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नु राजनीतिक बाध्यता भएको बताउदै मुद्दा खारेजी हुनुपर्ने माग राखेका छन् । त्यस्तै सभामुख सापकोटाले प्रतिनिधिसभा विघटन हुन नसक्ने भन्दै पुनर्स्थापना हुनुपर्ने बताएका छन् ।


Last Updated on: January 6th, 2021 at 8:31 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया