आइतबार ०७ कार्तिक २०७८

***नायिका सुस्मा कार्कीले अर्की नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीविरुद्ध उजुरी दर्ता गरेकी छन् । सुस्माले उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा गाली गलौज र कुटपिट गरेको भन्दै उजुरी दिएकी हुन् । ***

***वृत्तले दिएको जानकारीअनुसार उजुरीमा आरती खड्का र उत्सव रसाइलीले गाली गलौज गरेको र कुटपिट गरेको भन्दै उजुरी दिएकी हुन् । ***

सोमबार राति दरबारमार्गको ***लण्डन पबमा उनीहरुबीच झगडा भएको थियो । सो क्याफेमा आफूमाथि आरति र उत्सवले गाली गलौज र कुटपिट गरेको भन्दै उनले उजुरी दिएकी वृत्तका प्रहरीले क्यानडानेपाललाई जानकारी दिएको छ । ***

सुष्माले आरति र उत्सवको सम्पर्क नम्बर न***दिएकाले यसबारे थप प्रक्रिया अगाडि बढाउन समस्या भएको वृत्तले जानकारी दिएको छ । दुवै पक्षलाई छलफल गराउने वा कानुनअनुसार अघि बढ्ने भन्नमा प्रहरी निर्णयमा पुगिसकेको छैन । ***


Last Updated on: February 2nd, 2021 at 1:35 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१२५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया