बिहिबार २१ साउन २०७८

**बलिउडका सुपरस्टार जेकी श्राफले नेपाली भादगाउँले टोपी लगाएको तस्वीर सोशल मिडियामा निकै नै भाईरल बनेको छ । उनले आफ्नो ६४ औं जन्मदिनको अवसरमा नेपाली भादगाउँले टोपी लगाएको फोटो उनकी श्रीमती आयशा श्राफले शेयर गरेपछि उक्त तस्वीर सोशल मिडियामा भाईरल बनेको हो । श्रीमति आयशा श्राफले आफ्नो अफिसियल इन्स्टाग्राममा उक्त तस्बिर शेयर गर्दै जेकीलाई जन्मदिनको शुभकामना दिएकी छन्। ***

आयशाले राखेको जेकीको तस्बिरमा जेकी** नेपालको झन्डा र खु ‘कु’ री अंकित भादगाउले टोपी लगाएर हाँसिरहेका छन् । उनले यो तस्बिर कहाँ खिचेका हुन् भन्ने केही खुलाइएको छैन । आयशाले क्याप्सनमा ‘विश्वकै सर्वश्रेष्ठ पिता र विश्वकै सबैभन्दा दिलदार व्यक्तिलाई जन्मदिनको शुभकामना’ लेखेकी छन् । आयशाको यो पोस्टमा उनलाई बलिउडका कलाकार तथा स्टारले शुभकामना दिइरहेका छन् ।***

जेकीलाई बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले **‘दादा’ भनेर सम्बोधन गर्छिन् । जेकी मनिषाको विवाहताका नेपाल पनि आएका थिए । मनिषाले गत वर्षको जनवरी ७ मा जेकीसँगको तस्बिर ट्वीटरमा राखेकी थिइन् । जहाँ जेकी ढाका टोपीमा सजिएका थिए । जेकीले बलिउडमा निकै लामो यात्रा तय गरेका छन् । उनले आफ्नो करियर मोडलिङबाट शुरु गरेका थिए । त्यसपछि उनले कैयौं फिल्ममा सानो सानो भूमिका निभाए ।***

***तर निर्देशक सुभाष घईको फिल्म ‘हीरो’ले उनलाई पहिचान दिलायो । त्यसपछि उनले ‘कर्मा’, ‘राम लखन’, ‘त्रिदेव’, ‘सौदागर’, ‘त्रिमूर्ति’ जस्ता हिट फिल्ममा प्रमुख भूमिकामा अभिनय गरे । उनी चाँडै नै सलमान खानको फिल्म ‘राधे योर मस्ट वान्टेड भाई’मा एक प्रहरी अधिकृतको भूमिकामा देखिदैछन् । यसबाहेक उनी हाल फिल्म ‘अतिथि भू’ तो भव’को सुटिङमा व्यस्त छन् ।***


Last Updated on: February 2nd, 2021 at 3:23 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया