शनिबार ३० आश्विन २०७८

सुशान्तको निधन भएको लगभग ७ महिना हुन लागेको छ । उनको अप्रत्यासित निधनले विश्वभर रहेका उनका फ्यानहरु आश्चर्यचकित बनेका छन् भने सीबीआईले पनि उनले आफैले देहत्याग गरेको पृष्टि गरिसकेको छ ।***

उनको निधनसँगै बलिउडमा तहल्का मच्चियो । उनकी गर्लफेन्ड रिया चक्रावती, उनका भाई सोविक चक्रावती, नायिका श्रद्धा कपुर, दिपिका पादुकोणलगायत दर्जनौं सेलिबेटी ड्र ग्सको मामिलामा मुछिए ।***,

अहिले उनका साथी ऋषिकेश पवार पक्राउ परेका छन्। उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले मंगलबार पक्राउ गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।****

उनलाई प्रतिबन्धित पदार्थ उपभोग र खरिद गरेको आरोपमा एनसिबीले पक्राउ गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। पवार राजपुतका सहायक निर्देशक समेत थिए।****

उनीमाथि एनसिबीले गत जनवरीदेखि निगरानीमा राखेको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार पवारमाथि राजपुतलाई ला गुऔ षधको बन्दोबस्त मिलाइदिने गरेको आरोप छ।****


Last Updated on: February 2nd, 2021 at 4:01 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया