मंगलबार ०८ आषाढ २०७८

***बेलायतकी ४ वर्षकी एक बालिकाले ठूला पुरातत्वविदले गर्नेजत्तिकै महत्वपूर्ण खोज गरेकी छिन्। उनले करोडौं वर्ष पहिले विलुप्त भइसकेको डायनोसरको पदचिन्हको दुर्लभ खोज गरेकी छिन। **विगत १ दशकमा बेलायतमा पहिलो पटक डायनोसरको पद चिन्हको यत्तिको प्रस्ट नमूना भेटिएको छ । यो पदचिन्ह वेल्सको एक समुद्र किनारमा भेटिएको हो ।**

एनबीसी न्यूजको रिपोर्ट अनुसार **लिली वाइल्डर नामकी यी बालिकाले गरेको यो खोजले वैज्ञानिकहरुलाई डायनोसर कसरी विलुप्त भए भन्ने जानकारी प्राप्त गर्न सहयोग प्राप्त हुनेछ किनकि यो पदचिन्ह २२ करोड वर्ष पुरानो हो।१०** सेन्टिमिटर लामो यो पदचिन्ह ७५ सेन्टिमिटर अग्लो र साढे २ मिटर लामो डायनोसरको हुन सक्ने विश्वास गरिएको छ । दक्षिण वेल्समा बेरी के नजिकै समुद्र किनारमा यो पदचिन्ह फेला परेको हो ।***

रिपोर्ट अनुसार यो जीव दुई खुट्टाले हिँड्थ्यो र साना साना जन्तुको शिकार गर्थ्यो । वेल्स संग्रहालयले लिली वाइल्डरले खोज गरेको डायनोसरको पदचिन्हको एक तस्वीर पनि जारी गरेको छ ।*** नेशनल म्युजियम वेल्सका पेलिएन्टोलोजी क्युरेटर सिंडी हवेल्सका अनुसार यो पदचिन्कहो नमूना यो समुद्र तटमा पाइएको सबैभन्दा राम्रो नमूना हो ।**


Last Updated on: February 2nd, 2021 at 4:35 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया