आइतबार १७ साउन २०७८

गर्भवती महिलाले आफ्नो स्वास्थ्यको एकदमै ख्याल राख्नुपर्छ । यसका साथै वास्तशास्त्रले महिलाको स्वास्थ्यका लागि केही यस्ता वस्तु आवश्यक पर्ने बताउँछ ।

वास्तुकाअनुसार गर्भवती महिलाको कोठामा केही यस्ता चिज राखेमा आमा बच्चा दुवै स्वास्थ्य ठीक रहन्छ साथै वच्चा गुणवान जन्मिन्छ।

*) मयुरको पंखा
मयुरको पंखा हिन्दु धर्मका देवता कृष्णसँग सम्बन्धित छ। धार्मिक विश्वासअनुसार मयुरको पंखा गर्भवती महिलाको घर अथवा कोठामा राख्नाले आमा र बच्चा दुवैका लागि राम्रो हुन्छ।

*) पहेँलो चामल
वास्तुशास्त्रले पहेँलो चामल शुभ संकेत मान्दछ। यसकारण गर्भवती महिलााको कोठामा पहेंलो चामल राख्नाले आमा र बच्चा दुवैलाई नराम्रो असर हुँदैन।

***) गुलाबी रंग
गुलाबी रंग खुशी था आनन्दको प्रतिक मानिन्छ। त्यसैले गर्भवति महिलाको कोठामा गुलाबी रंगका केही तस्विर तथा कुनै सजावट राख्नु राम्रो हुन्छ।

****) वास्तुदेवको मुर्ती
धार्मिक विश्वासअनुसार कोठामा कुनै गलत वस्तुका कारण आमा र बच्चा दुबैलाई दुःख दिने कारण बन्न सक्छ । त्यसैले गर्भवति महिलाको कोठमामा वस्तु राखेमा कसैले दुःख दिन सक्दैन।

*****) हँसिलो बालक
गर्भवती महिलाके कोठामा मुस्कुराउँदै गरेको बच्चाको तस्विर राख्दा एकदमै शुभ हुन्छ । यस्तो तस्विर राख्नाले बच्चा शान्त तथा हँसिलो स्वभावको हुन्छ ।

******) तामाको वस्तु
तामाको सामग्रीले कसैको नराम्रो नजर लाग्नबाट जोगाउँछ। तामाको वस्तु गर्भवती महिलाको कोठमा राख्ने हो भने सकारात्मक शक्ति निर्माण गर्दछ।

*******) सेता रंग
सेतो रंग शान्ति तथा राम्रो स्वास्थ्यको प्रतिक मानिन्छ। सेता रंगमा सजिएका वस्तु वा तस्विर कोठामा राख्ने हो भने आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो हुने बस्तुशास्त्र बताउँछ।


Last Updated on: February 2nd, 2021 at 6:31 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२७० पटक हेरिएको

तपाईको प्रतिक्रिया