मंगलबार १९ साउन २०७८

काठमाडौं । साउथ फिल्मका अभिनेता यशको फिल्म ‘केजीएफ-२’ को टिजर यसै साता सार्वजनिक हुने भएको छ ।

एक्सन सीनले भरिपुर्ण रहेको यस फिल्मको टिजर शुक्रबार सार्वजनिक गरिने भारतिय मिडियामा जनाइएको छ । यस फिल्मी अभिनेत्री रविना टन्डनले पनि सामाजिक सञ्जलामार्फत टिजर सार्वजनिक बारे बताएकी छिन् ।

kgf.jpg

तेलेगु, तमिल, मलायालम र हिन्दी गरी पाँच भाषामा रिलिज हुने यस फिल्ममा यश र रविनाको मूख्य भुमिका रहेको छ । फिल्ममा यशले शासकको रुपमा भुमिका निर्वाह गरेका छन् ।

साउथ सुपरस्टार यशका फ्यानहरू चलचित्र ‘केजीएफ च्याप्टर-२’ प्रतिक्षामा छन्। एक्सनदेखि, प्रेम र सेन्टिमेन्टलले भरिएको यस फिल्मलाई प्रशान्त निलले निर्देशन गरेका हुन् ।

फिल्ममा बलिउड अभिनेता संजय दत्त अधिराको भूमिकामा देखिएका छन् ।


Last Updated on: January 6th, 2021 at 1:20 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया