शुक्रबार ०४ आषाढ २०७८

काठमाडौँ- नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला ३०० ले वृद्धि भएको छ ।

छापावाला सुन आज प्रतितोला ९६ हजार ७०० रूपैयाँ कायम गरिएको छ । छापावाला सुन मंगलबार प्रतितोला रु ९६ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९६ हजार २०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९५ हजार ९००मा कारोवार भएको थियो ।

यस्तै चाँदी प्रतितोला ५ रूपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३४० रूपैयाँमा कारोवार भइरहेको छ ।


Last Updated on: January 6th, 2021 at 1:26 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया