बुधबार ०३ कार्तिक २०७८

एजेन्सी । दिवंगत राष्ट्रपति प्रणव मुखर्जीको चर्चित किताब ‘द प्रेसिडेन्सियल इयर्स’ मा राजा त्रिभुवनले नेपाललाई भारतमा मिलाउने प्रस्ताव गरेका थिए भन्दै लेखिएको छ भन्दै आएको समाचारहरुको एसडी मुनिले खण्डन गरेका छन् । भारतीय बुद्धिजिवि लेखक मुनीले भारतीय मिडियामा एक लामो आर्टिकल लेख्दै त्यसको खण्डन गरेका छन् ।

पुस्तकको अध्याय ११ मा ‘मेरो प्रधानमन्त्रीहरू बिभिन्न शैली, बिभिन्न स्वभावहरू’ शीर्षक अन्तर्गत मुखर्जीले लेखेका छन् ‘यदि नेहरुको स्थानिमा इंदिरा गान्धी भएको भए अहिले अवस्था अर्कै हुन्थ्यो उनले नेपाललाई सिक्किमको जस्तो बनाउने थिइन्’ भनेर उल्लेख गरेको बताइएको छ ।

उक्त किताबमा भारतका पहिलो प्रधानमन्त्री नेहरुबारे एक खुलासा भएको उल्लेख गर्दै नवभारत टाइम्सले किताबमा नेहरुलाई राजा त्रिभुवनले नेपाललाई भारतमा विलय गराउन अफर गरेको विषय उल्लेख गरिएको जनाएको हो। तर नेहरुले उक्त प्रस्ताव अस्विकार गरेको बताइएको छ।

सो समाचार भाइरल भएपछि मुनीले नेपाल भारतको सम्बन्धमा आएको त्यो आरोप गलत भएको बताएका छन् । उनले त्यसको कुनै सत्यता नभएको पनि उल्लेख गरेका छन् ।

प्रोफेसर एस डी मुनिले भने, त्रिभुवनले संघीय संरचनाको विरोध गरेका हुन् तर भारतमा नेपाललाई विलय गराउने कुरा गरेका छैनन् । भारतको विदेश मन्त्रालयसँग त्यस्तो कुनै कागजात समेत छैन । उनले मिडियामा आएका त्यस्ता अफवाहको विश्वास नगर्न भनेका छन् ।

प्रोफेसर मुनिले अगाडी भनेका छन्, त्रिभुवन भारतसँग घनिष्ट सम्बन्धको पक्षमा थिए, यो सही हो, तर अर्कोतर्फ नेहरू पनि नेपाल स्वतन्त्र भएको हेर्न चाहन्थे किनभने मर्जर जस्ता कदम चाल्दा ब्रिटिश र अमेरिकीहरू फिर्ता हुनेछन्। हस्तक्षेपले समस्याहरू निम्त्याउन सक्छ।


Last Updated on: January 6th, 2021 at 4:19 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया