आइतबार ३० जेठ २०७८

हुन त मुख धुने तरिका सामान्य हो। तर, हिजोआज बजारमा यतिधेरै ब्रान्डको फेसवास पाइन्छ । कस्तो प्रकारको छालालाई कस्तो प्रकारको – फेसवास प्रयोग गर्ने र फेसवास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू के के हुन यहाँ बताइएको छ।

– स्क्रिप जस्ता फेसवासहरू कम प्रयोग गर्न ।

– दिनमा २ पटक मात्र मुख धुने, व्यायाम गरिन्छ मर्निङ्ग वाक गरिन्छ भने दिनमा तीन पटक सम्म मुख धुन सकिन्छ ।

– धेरै तातोपानी मुखमा प्रयोग नगर्ने, ठिक्क मनतातो पानी प्रयोग गर्ने पर्दछ ।

– टावेलले मुख घोट्ने गर्नु हुन्न,हल्का तरिकाबाट मात्र मुख पुछ्ने।

– हामीले मोश्चराइज गर्दा हल्का चिसो पानी हुदैँमा गर्नु राम्रो ।

#कस्ता मानिसले फेसवास गर्ने

– ड्राइ छाला अर्थात सुख्खा छाला भएका मानिसहरूले फेसवास गर्ने ।

– धेरै फिज आउने फेसवास प्रयोग नगर्नेे।

– फेसवास सकेसम्म कम समयमा प्रयोग गरिभ्याउने किनकि, त्यसमा भएको केमिकलले हाम्रो छालामा असर पार्न नसकोस्।

– कम्बिनेसन जोन अर्थात् निधार र नाकको टी जोनमा धेरै चिल्लो हुने गर्छ ।

– हामीले फेसवास छान्दा नरम खालको क्रिम टाइपको केमिकल नमिसाइएको नर्मल फेसवास प्रयोग गर्नु पर्दछ ।

-बजारमा पाइने जुनसुकै प्रकारको फेसवास प्रयोग गर्नु हुदैन किनकि, यसले हाम्रो छालामा असर गर्दछ।

– डन्डीफोर आउने छाला विग्रने छियाछिया पर्ने जस्ता समस्याहरू यसको प्रयोग बाट देखा पर्दछन्।


Last Updated on: February 3rd, 2021 at 9:26 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया