मंगलबार ०८ आषाढ २०७८

नेपाली भान्सा निकै शक्तिशाली हुन्छ । किनकी हाम्रो भान्सामा दैनिक जसो प्रयोग गरिने मरमसलाहरु बहुगुणी र औधिय तत्व भएका कुराहरु हुन्छन् । जस्तो कि हामी अदुवा प्रयोग गर्छौं । अदुवाको प्रयोगले हाम्रो खाना मिठो र स्वादिलो त बनाउँछ नै । त्यसैमाथि अचार बनाउन तथा तरकारीमा हालेर हामी यसलाई खान्छौँ । तर हामी कतिपयलाई अदुवा औषधिको रुपमा पनि प्रयोग गरिन्छ भनेर थाहा नहुन सक्छ ।

यहाँ अदुवाको औषधीय गुणको बारेमा जानकारी संकलन गरी प्रस्तुत गरिएको छ ।

१.खाना खानु अघि एक टुक्रा अदुवामा सिधेनून अथवा अरु नै नून मिलाएर खाएमा अरुचि रोग हुँदैन । जसले गला जिब्रो सफा हुन्छ । भोक बढाउँछ ,पेटमा पाचन रस बनाउँछ , पखाला तथा दिशा सम्बन्धी केही रोग भए ठीक हुन्छ । खाना खाए पश्चात् एक टुक्रा अदुवा खाने गरे रोग लाग्न दिँदैन ।

२.अदुवाको रसमा बराबर मौरीको मह मिलाएर खाएमा श्वास रोग, कफ बिकार, मन्दाग्नि, रुघा,अमन हुने, वातज अण्डवृद्धि र श्वास बढ्ने रोगमा लाभ हुन्छ ।

३.कागतीको रसमा अदुवा मिलाएर खानाले पैत्तिक मन्दाग्निमा, सक्खरमा मिलाएर खानाले अजीर्णमा, पुरानो गुँड मिलाएर खानाले खोकीमा,शरीर सुनिएकोमा र जिउ चलाउने मिश्रीसँग मिलाएर खाएमा अथवा मह मिलाएर खानाले, कफ रुघामा तुलसीको रस, मह र मुजुरको प्वाँख डढाएको खरानी मिलाएर खानाले छाद्ने रोग सन्चो गर्छ । दूध मिलाएर नाकबाट खुवाए टाउको दुख्नेमा, जुवानो अदुवाको रसमा पिँधेर शरीरमा घस्नाले बाथको पीडामा, क्रिफला र गुँड मिलाएर दिनाले सन्निपातमा, ज्वरो आएको रोगीको घाँटी घरघर गर्नेमा लाभ गर्छ । अदुवाको रस नाकबाट भित्र चुहाउनाले ज्वरोको मूर्छामा लाभ गर्छ । शरीरको गर्मी जति तातो गरी कानमा टप्काउनाले कान दुख्ने रोग जाती हुन्छ । अदुवा पिसेर हात खुट्टामा दल्नाले हातखुट्टा बाउँडिने समस्या पनि हराउँछ । यसको साथमा सिधेनुन मिलाएर खाने गरे राम्रो गर्छ ।

यतिका गुण बोकेको अदुवा निम्न लिखित रोगीले प्रयोग नगर्न चिकित्सकले सुझाएका छन् ।

पाण्डुरोग, हातखुट्टा, पायल्स, नङ, आँखा पहेँलो हुने रोग, जन्डीस , मूत्रकृच्छ, पिसाब पोल्ने रोकीने, ज्वरोमा शरीर पोल्ने, पित्त प्रकृतिवालालाई यसले हानी गर्छ । उनीहरुले खानु हुँदैन । तर सिधेनुन र ज्यामीर कागतीको रससँग मिलाएर खान सकिन्छ भन्ने धन्वन्तरिको भनाई छ ।

वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमखु बिरुवा हो । यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ । यसको गानो रेशादार हुन्छ ।

जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ । नेपालमा सल्यानको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ । अदुवाले बिभिन्न प्रकारका रोग निको पार्छ । हामीले अदुवा सजिलोसंग नै बजारमा पाउन सक्छौ । पानी उमालेर अदुवाको सानो सानो टुक्रा त्यसमा हालेर खादा पनि हाम्रो घाटी दुखेको, छाती दुखेको निको हुन्छ । अदुवा हामी सबैको भान्सामा हुन्छ । यसलाई तरकारी पकाउदा मिलाएर खाने गरेको पाइन्छ । तर यसको खाने तरिका र नियमित सेवन गर्न सके यो जीवन बुटी समान हुनेछ ।

अदुवा हामी मसलाको रुपमा प्रयोग गर्ने गर्छौं । अदुवाले खानाको स्वाद बढाउन मद्धत गर्छ । अदुवालाई आयुर्वेदमा औषधि बनाउनको लागी प्रयोग गर्ने गर्छौं । अदुवालाई हामी घरेलु उपचारको लागी विभिन्न समस्याहरुले सताउँदा प्रयोग गर्न सक्छौँ । त्यसैले यो हाम्रो लागी निकै फाइदाजनक छ । अदुवालाई हामी काचैं पनि चपाउन सक्छौँ । यसलाई चियामा हालेर पनि चिया पिउन सकिन्छ ।

अदुवाको सेवनबाट हामीलाई पुग्ने फाइदहाहरु यस्ता छन्

यसले हाम्रो पाचन पक्रियालाई बलियो बनाउन मद्धत गर्छ । जसले गर्दा हामीलाई खाना पचाउन मद्धत पुग्छ । हरेक दिन अदुवा खाने गरेमा शरीरको अनावश्यक बोशो हट्छ । जसले गर्दा हाम्रो मोटोपना हराउँछ र हाम्रो तौल नियन्त्रित रुपमा रहन्छ ।

अदुवाको रस पिउनाले हाम्रो रगत सधैं सफा रहने गर्छ । अदुवा पानि पिउने गरेमा हाम्रो शरीरमा रहेको चिनीको मात्रा नियन्त्रित रुपमा रहने गर्छ । यसले गर्दा हामीलाई मधुमेह हुने सम्भावना निकै कम हुने गर्छ । अदुवाको सेवनले हामीलाई फोक्शो, कलेजो र छालाको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ ।

हरेक दिन अदुवा चपाउने गरेमा हामीलाई रुघाखोकी हुने सम्भावना निकै कम हुन्छ । अनुहारमा आउने पिम्पल्स र दाग हटाउन चाहानु हुन्छ भने हरेक दिन अदुवा खाने गर्नुहोस यसले तपाईलाई फाइदा पुर्याउँछ । यसमा पाइने फोस्फोरसले हाम्रो दाँतलाई स्वास्थ्य राख्छ र गिजामा घाउ पनि आउन दिदैन ।

अदुवापानी नियमित सेवन गर्नुका फाइदा

१.डायबिटिज नियन्त्रण गर्छ

नियमित अदुवापानी पिउनाले शरिरको रगतमा सुगर लेभल नियन्त्रण हुन्छ । यसले डायबिटिज नियन्त्रण गर्छ ।

२.मांशपेशीको दुखाई कम गर्छ

अदुवा पानी पिउनाले शरिरमा रक्त सञ्चारमा सुधार आँउछ । यसले माशंपेशीमा आराम मिल्छ र माशंपेशीको दुखाई कम हुन्छ ।

३.टाउको दुख्न कम गर्छ

अदुवा पानी नियमित पिउनाले मस्तिष्कको कोषहरुमा आराम मिल्छ र टाउको दुख्न कम हुन्छ ।

४.छाला स्वस्थ बनाउँछ

नियमित अदुवापानी पिउनाले शरिरको विषाक्त पदार्थ बाहिर निस्कन्छ । यसले रगत सफा हुन्छ र रगत र छालाको इन्फेक्सनको खतरा कम हुन्छ ।

५.प्रतिरक्षा बढ्छ

अदुवा पानी पिउनाले शरिरको रोग प्रतिरक्षा क्षमता बढ्छ । यसले रुघाखोकीको खतरा टर्छ ।

६. कफको समस्या हटाँउछ

अदुवापानीमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ । यसको पानी पिउनाले खोकीको समस्या हट्छ ।

७. क्यान्सर बाट बचाँउछ
अदुवामा एन्टी क्यान्सर तत्व पाइन्छ । त्यसैले अदुवा पानी नियमित पिउनाले फोक्सो, प्रोस्टेट, ब्रेस्ट, लगाएतका धेरै थरी क्यान्सरहरुबाट बचाँउछ ।

८. मुटु पोल्न कम गर्छ
खाना खाएको २० मिनेटपछि एक कप अदुवापानी पिउनुहोस् । यसले शरिरमा एसिडको मात्रा कन्ट्रोल गर्छ र मुटु पोल्ने समस्या कम हुन्छ ।

९. पाचनप्रणाली सुधार्छ
अदुवा पानीले शरिरमा पाचन गराउने जुसको मात्रा बढाँउछ । यसले खाना छिटो पचाउन सहयोग गर्छ ।

१०.तौल घटाउँछ
अदुवा पानी पिउनाले शरिरमा मेटाबोलिजम सुधार हुन्छ । यस्तोमा बोसो छिटो पग्लन्छ र तौल घटाउन सजिलो हुन्छ ।

यस्तो अवस्थामा अदुवा सेवनले हुनसक्छ हानि

१. कम तौल भएका व्यक्ति
यदि तपाईंको शरीरको तौल कम छ भने अदुवा तपईंको लागि हैन । यसले हाम्रो आमाशयमा रहेको पाचक एंजाइमलाई व्यवस्थित त गर्छ नै यसले भोक लाग्ने क्रियालाई सुस्त बनाइदिन्छ जसले वजन घट्ने हुन्छ ।

यसरी वजन कम भएकाहरूमा कपाल झर्ने र भिटामिनको कमीको समस्या पनि देखिन सक्छ ।

२. रगत नजम्ने समस्या भएमा
हिमोफिलिया भन्ने रगत सम्बन्धित समस्या भएका व्यक्तिले अदुवाको सेवन कम गर्नु पर्दछ । यो त्यस्तो समस्या हो जसमा घाउबाट बग्ने रगत नजम्ने हुन्छ ।

अदुवाले रक्त संचारको गति बढ्ने भएकाले त्यस्तो समस्या भएका व्यक्तिहरूले अदुवा सेवन गरे सामान्य होत लाग्दा पनि बढी रगत बग्ने समस्या देखिन सक्छ ।

३.गर्भावस्थामा
गर्भावस्थाको सुरुवाती दिनहरूमा अदुवा सेवनले वाकवाकी लाग्ने जस्ता समस्याहरूमा नियन्त्रण गर्न मद्दत गर्दछ । तर यसका अन्तिम दिनहरूमा भने अदुवाले समय पुग्नु अगावै प्रसव पीडा गराएर समय नपुगी बच्चा जन्मिन सक्छ ।

४. मधुमेह र रक्तचापको औषधि सेवन गरिराखेका व्यक्तिहरू
मधुमेह र उच्च रक्तचापको समय भएका व्यक्तिहरूले अदुवाको सेवन नगर्नु नै राम्रो हुन्छ । यस्ता बिरामीहरूलाई बिटा(ब्लकर, एंटिकोगुल्यान्टस् अर्थात् रगत पातलो पर्ने औषधि या इन्सुलिन जस्ता औषधि दिने गरिन्छ । अदुवासँग मिलेर यस्ता औषधिहरूले हानिकारक असर गर्ने गर्दछन् ।

अदुवा चियाको फाइदै फाइदा छन् तर दुध सहितको अदुवा चिया होइन नि

अदुवामा धेरै स्वास्थ्यवर्द्धक गुणहरु हुन्छन् । यसलाई चियाको रुपमा खाँदा स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । हामीले यहाँ त्यस्तै केहि फाइदाहरुको सूचि तयार पारेका छौँ ।

१.रक्त सञ्चारमा सुधार
अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

२. महिनाबारीको समाधान
अदुवाको चियाले महिलालाई हुने महिनाबारीको समस्या समाधान गरिदिन्छ । अदुवाको चिया तल्लो पेटमा लगाउँदा पनि यसले दुखाइ कम गर्छ । अदुवा चियामा मह मिसाउन सकेन त्यसले झनै राम्रो गर्छ ।

३. रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी
अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

४.दिकदारी कम गर्छ
अदुवा हालेको चिया सेवन गर्दा दिकदारी र तनाव कम गर्छ । चियाँ र अदुवाबाट बन्ने कडा रसायनले यस्तो लाभ दिने चिकित्सकहरुको भनाइ छ ।

५. बान्ता हुने र विरामी पर्ने हुँदैन
कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन । अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु राम्रो हुन्छ ।२ पाचन प्रणालीमा सुधार

अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ ।

६.दुखाइमा पनि औषधी
अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन सहायक हुन्छ ।

७.श्वासप्रश्वासको समस्यामा औषधी
अदुवाको चियाले श्वासप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया लाभदायी हुन्छ । त्यसैगरी वातावरणीय एलर्जीलाई पनि निवारण गरिदिन्छ ।

खानुस् सुकेको अदुवा, शरीर राख्नुस् स्वस्थ

सुकेको अदुवा
खानासँग सुकेको अदुवा प्रयोग गर्दा मुटुरोग, गाँठो पर्ने, पाचन समस्या, कब्जियत, छेरपटी र खोकी जस्ता समस्याबाट मुक्ति पाइन्छ । यसबाहेक नून, दही र मही मिसाएर खाँदा पनि स्वास्थ्यलाई फाइदा हुन्छ ।


Last Updated on: February 3rd, 2021 at 12:08 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया