बुधबार ०९ आषाढ २०७८

काठमाडौं – पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप ९पीएमजीसी० २०२० को फाइनलमा नेपालको टिम प्रबेश गरेको छ । सुपर विकेण्ड राउण्डमा नेपाली टिम ‘एबरप्ट स्लेयर’ १० औं स्थान ओगट्दै पीएमजीसीको फाइनलमा प्रबेश गरेको हो ।

अब उपाधिका लागि नेपाली टिमले आगामी जनवरी २१ देखि प्रतिस्पर्धा गर्नेछ । फाइनल आगामी जनवरी २१ देखि २४ सम्म सञ्चालन हुने बताइएको छ ।

यसअघि पनि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’को उपाधि जित्दै एबरप्ट स्लेयर ग्लोबल च्याम्पियनशिपका लागि छनोट भएको थियो । उपाधि जितेको उक्त टिमले ४० हजार डलर पाएको थियो ।

पीएमजीसी २०२० को उपाधि जित्ने टिमले विजेताले २० लाख अमेरिकी डलर अर्थात् करिब २३ करोड ४० लाख नेपाली रूपैयाँ पाउनेछ ।


Last Updated on: January 6th, 2021 at 8:35 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया