बिहिबार १० आषाढ २०७८

अभिनेत्री सुहाना थापा अहिले अमेरिकामा रहेकी छिन् । उनी फिल्म निर्देशक समेत रहेकी आमा झरना थापा र बुबा सुनिल कुमार थापासँग त्यहाँ पुगेकी हुन् ।

अमेरिकामा रहेकी सुहानाले आफ्ना त्यहाँको क्रियाकलाप सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेर गराउने गरेकी छन् । केहि दिन अघि आमा झरना र बुबा सुनिलको साथ भर्जिनियाको एउटा रेस्टुरेन्टमा डिनर गरिरहेको उनको तस्बिर सार्वजनिक भएको थियो ।

पछिल्लो तस्बिर भने उनी हिउँमा रमाइरहेको सार्वजनिक भएको छ । पछिल्लो समय अमेरिकाको विभिन्न राज्यहरुमा हिमपात भइरहेको छ । त्यही मौकामा सुहानाले ती हिउँमै बसेर तस्बिर खिचाएकी हुन् । तस्बिर उनकी आमा झरनाले कुनै क्याप्सन बिना नै पोस्ट गरेकी छिन् । तस्विरमा सुहाना निकै खुशी देखिएकी छन् ।

सुहाना पछिल्लो समय ‘ए मेरो हजुर ४’ मा अभिनयरत छिन्। फिल्ममा अभिनेता अनमोल केसी उनको जोडीको रुपमा रहेका छन् । झरना थापाको निर्देशन रहेको फिल्मको छायाँकन अन्तिम चरणामा पुगेको छ ।

घुमघामका साथै फिल्मका एउटा गीतको समेत छायाँकनको उद्देश्यले सुहाना आमाबुबा सहित त्यहाँ पुगेकी हुन् ।


Last Updated on: February 3rd, 2021 at 1:07 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया