मंगलबार १९ साउन २०७८

बलिउडकी चर्चित अभिनेत्री हुन् कंगना रनौत । धेरैजसो नयाँ फिल्म र विभिन्न कारणले चर्चा र विवादमा आइरहने उनी बलिउडकै उत्कृष्ट अभिनेत्रीमा पर्छिन् । यस्तै हालै उनले नयाँ घर किनेपछि चर्चामा आएकी छिन् ।

अहिले नयाँ फिल्मको छयांकनमा व्यस्त रहेकी कंगना मध्य प्रदेशमा छिन् । उनले चण्डीगढमा नयाँ फ्ल्याट किनेकी हुन् । उनले आफ्नो भाइबहिनीको सपना पूरा गर्न फ्ल्याट किनेको बताएकी छिन् ।

उनले आफ्ना भाइबहिनीलाई उपहार स्वरुप सुविधासम्पन्न फ्ल्याट किनेकी हुन् । उनले चार करोड भारूमा चण्डीगढ एयरपोर्टमा उक्त फ्ल्याट किनेको भारतिय मिडियामा बताइएको छ ।

उनले आफ्नो परिवारको लागि योगदान गर्न पाउँदा खुशी लागेको बताएकी छिन् । पछिल्लो समय उनी फिल्म धाकड मा पनि व्यस्त छिन् ।


Last Updated on: February 3rd, 2021 at 1:15 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया