आइतबार १७ साउन २०७८

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
यो राशिका मानिसहरु प्रेममा निकै समर्पित हुन्छन् र प्रेमबिना मानसिक र शारीरिक रुपमा निकै कमजोर सावित हुन्छन्। प्रेम सम्बन्धमा आउने अवरोध र रोकावटलाई हटाउन ज्यानको बाजी लगाउन पनि तयार हुने स्वभाव यो राशिका महिला तथा पुरुषहरुमा हु्न्छ।

यो राशिका महिलाहरुले प्रेममा सेक्सलाई प्राथमिकता दिन्छन् । मेष राशिका महिला पुरुषको कन्या राशिसँगको प्रेम सम्बन्ध सबैभन्दा सफल र राम्रो हुन्छ। कर्कट र मीन राशिसँगको प्रेम सम्बन्ध भने असफल र हानीकारक हुनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यो राशिका महिला पुरुषहरुको प्रेम सम्बन्ध उतिसारो सफल मानिँदैन । झ्वाट्टै प्रेम बस्ने तर दिगो नहुने समस्या रह्न्छ । यो राशिका मानिस बढि भावनामा डुब्ने र सानो कुराले पनि शंका उत्पन्न गर्ने भएकाले प्रेम सम्बन्ध दिगो रहन सक्दैन ।

प्रेममा सहानुभुति चाहनु यो राशिका महिलापुरुषको कमजोरी हो । वृष राशिका मानिसले मेष, वृश्चिक, धनु तथा मकर राशिसँग प्रेम सम्बन्ध राख्नु क्षति बेहोर्नुबाहेक केही होइन। अरु राशिसँग प्रेम गर्नु तुलनात्मक रुपमा सामान्य रहन्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
यो राशिका महिला पुरुष मनमा कुरा अडाउन नसक्ने र आवेशमा आइहाल्ने खालका हुन्छन् । यिनीहरुले धनसम्पत्ती र प्रेमलाई समान महत्व दिने भएकाले प्रेमको मामिलामा उतिसारो सफल मानिँदैनन् ।

प्रेम सम्बन्ध खासै दिगो नहुने भएपनि जति समयसम्म प्रेम रहन्छ त्यो निकै रोमान्टिक हुन्छ । खासगरी मिथुन राशि र सिंहराशिबीचको प्रेम सम्बन्ध निकै सफल र नाटकीय हुन्छ । धनु राशिसँगको प्रेम दार्शनिक हुन्छ । तर वृश्चिक राशिसँगको प्रेम भने असफल हुन्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यो राशिका नारी पुरुषहरु साँचो र दिगो मायाप्रेम गर्ने खालका हुन्छन् । आफुले चाहेको व्यक्तिलाई प्रेमजालमा फसाउन खप्पिस हुन्छन् । निकै मायालु तथा दयालु स्वभावका हुन्छन् र सानातिना अवरोधले विचलित हुँदैनन् ।

विपरित लिंगीप्रतिको आकर्षण पनि बढि हुन्छ । तरपनि सिंह, धनु र मकर राशिसँगको प्रेम भने उतिसारो सफल हुँदैन । अरु राशिसँगको प्रेम सफल हुने देखिन्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यो राशिका महिलापुरुष अहंकारी हुन्छन् । तरपनि प्रेमसम्बन्धमा समर्पणको कमी हुँदैन । प्रेमीप्रेमीकाको सधै भलो चाहन्छन् । झ्वाट्ट प्रेम गर्नुभन्दा सबैकुरा सोँचविचार गरेर मात्र माया प्रेम गर्ने स्वभाव यो राशिमा हुन्छ । यो राशिका महिला पुरुषले मेष, मिथुन, तुला तथा धनु राशिका सँग प्रेम गर्नु उपयुक्त हुन्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
यो राशिका महिला पुरुष प्रेममा तनाब लिइरहने प्रकृतिका हुन्छन् । निकै यौनआतुर हुन्छन् र प्रेम सम्बन्धमा सेक्सलाई उच्च प्राथमिकता दिन्छन् । तरपनि आफ्नो प्रेमीप्रेमिकालाई इज्जत गर्न जान्दछन् । वृष र सिंह राशिसँगको प्रेम सम्बन्ध लाभदायक छैन अरु राशिसँग सामान्य छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
यो राशिका मानिस सावधान भएर मात्र प्रेम गर्छन् । बौद्धिक आधारमा प्रेम गर्छन् । पुरुषहरु परस्त्रीप्रति समेत आँखा लगाउने खालका हुन्छन् । शंकालु स्वभावका हुन्छन् । तुला राशिकाले सिंह र धनु राशिका सँग प्रेम गर्नु फलदायक हुन्छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यो राशिका महिला पुरुष विलासी स्वभावका हुन्छन् र प्रेममा लिप्त हुन्छन् । भ्रमण गर्न रुचाउँछन् । प्रेममा आत्मिय सम्बन्ध वा समान हैसियत दिनेभन्दा पनि आफु माथि रहने प्रयास गर्छन् ।

शंका गर्ने बानीका कारण प्रेममा अड्चन आउन सक्छ । दाम्पत्य जिवन झगडामय बन्न सक्छ । सिंह राशिसँगको प्रेम उत्तम, धनु र कुम्भसँगको प्रेम मध्यम हुन्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
यो राशिका पुरुषहरु प्रेमिकालाई निकै धेरै विश्वास गर्छन् र कहिलेकाही बढि विश्वासका कारण धोका समेत खानुपर्छ। यिनीहरु आफ्नो विपरित लिंगी सुन्दर भएमा मात्र ऊ सँग सेक्स गर्नु उचित हुन्छ भन्ने सोँच्छन् वा सम्बन्धमा शारीरिक सुन्दरतालाई प्राथमिकता दिन्छन् । आदर्शवादी हुन्छन् । वृष, कुम्भ, मिथुन, र कन्या राशिसँगको प्रेम निकै सफल हुन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
यो राशिका महिला पुरुषको प्रेम सम्बन्ध उतिसारो सफल मानिँदैन । प्रेम प्राप्तिका लागि निकै चाहना हुने भएपनि सफल नहुँदा निरास बन्दछन् । यो राशिका व्यक्तिको जिवनमा प्रेम वियोग सामान्य घटना हुन्छ ।

यो राशिका पुरुष भन्दा महिला प्रेममा बढि असफल हुन्छन् । मकर राशिका महिला पुरुषको कन्या, मेष र कर्कट राशिसँगको प्रेम पूर्णत असफल नै हुन्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
यो राशिका महिला पुरुष भावनावादी र गोप्यताप्रेमी हुन्छन् । प्रेमलाई गोप्य राख्न चाहन्छन् र समर्पण धेरै हुन्छ । प्रेममा त्याग र बलिदानका लागि तयार हुन्छन् ।

तरपनि प्रेममा खासै सफल भने हुँदैनन् र व्यक्तिगत भन्दा विभिन्न सामाजिक कारण प्रेममा पर्खाल बनिदिन्छन् । खासगरी वृष, धनु र मिन राशिसँगको सम्बन्ध त्यति सफल हुँदैन ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यो राशिका महिला पुरुष सधै खुसी रहन चाहने प्रकृतिका हुन्छन् र यिनीहरु आफ्नो प्रेमी प्रेमीका निकै सुन्दर होस् भन्ने चाहन्छन् । कसैसँग माया पिरती लगाएपछि जिवनमा सबै कुरा पाएको ठान्दछन् र दायाँबायाँ हेर्दैनन् ।

यस्तो एकसुरे प्रवृत्तिले गर्दा कहिलेकाहीँ नराम्ररी धोका खान्छन् । मीन राशिका व्यक्तिहरु खासगरी कन्या राशिका व्यक्तिहरुसँग बढि आकषिर्त हुन्छन् र प्रेम सम्बन्ध सफल पनि हुन्छ । त्यस्तै मेष र मिथुन राशिसँगको सम्बन्ध पनि सफल नै हुन्छ । तर सिंह राशिसँगको प्रेम सम्बन्ध भने असफल हुने सम्भावना धेरै हुन्छ।


Last Updated on: February 3rd, 2021 at 5:21 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५५५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया