शुक्रबार ०४ आषाढ २०७८

चण्ड–नेपाल समूहले भोलि (बिहीबार) देशव्यापी आमहड्तालको कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार प्रतिनिघि सभा विघटन विरुद्ध संघर्ष समितिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको हो।

‘हामी सरकारको कदमविरुद्ध बाध्य भएर आमहड्तालजस्तो कार्यक्रम गर्न बाध्य भयौँ, त्यसका लागि हामी क्षमा चाहन्छौँ’, पत्रकार सम्मेलनमा नेत्री पम्फा भुसालले भनिन्। उनले आज (बुधबार) साँझ मशाल जुलुसको कार्यक्रम राखिएको जानकारी दिइन्। उनले बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक बस्तु आयात गर्ने साधनहरु भने चल्न दिने जानकारी दिइन्। उनले परीक्षा सञ्चालनमा पनि कुनै अवरोध नहुने जानकारी दिइन्।


Last Updated on: February 3rd, 2021 at 6:35 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
८४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया