बिहिबार १० आषाढ २०७८

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले पोखरामा मसाल जुलुस निकालेको छ ।
आमहडतालको पूर्वसन्ध्यामा बुधबार साँझ पोखरास्थित शिवालयचोकमा रहेको नेकपाको पार्टी कार्यलयबाट मसाल जुलुस निकालिएको हो ।

नेकपा कास्कीका विभिन्न पदाधिकारी, विद्यार्थी र कार्यकताको उपस्थितिमा निस्किएको मशाल जुलुश सभागृहचोक र पृथ्बीचोकमा पुगेमा पुगेर प्रदर्शन गरेको थियो ।

मसाल जुलुसमा भोलि माघ २२ गते आमहडताल नेपाल बन्द सफल पारौँ, केपी ओली मुर्दावाद लगायत नाराबाजी गरिएको थियो ।


Last Updated on: February 3rd, 2021 at 8:55 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया