मंगलबार ०८ आषाढ २०७८

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा गए राति उनको निधन भएको हो ।

लामो समयदेखि कलेजो पीडित भएका अध्यक्ष रानामगरको ३८ वर्षको उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता सावित्री गुरुङले बताइन् । उनको शवलाई आजै नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता गुरुङले जानकारी दिए । रानामगरको श्रीमती र एक छोरी छन् । उनि नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।


Last Updated on: February 3rd, 2021 at 10:19 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया