आइतबार ०७ कार्तिक २०७८

साउथ फिल्मका चर्चित अभिनेता विजयको नयाँ फिल्म ‘मास्टर’ को पछिल्लो समय निकै चर्चा छ ।

केही समयअघि प्रदर्शनमा आएको यस फिल्मले धमाकेदार व्यापारसँगै दर्शकको मन पनि जितेको छ । लोकेश कनागराजको निर्देशन रहेको यस फिल्मले हालसम्म बक्स अफिसमा २०० करोड रुपैयाँ भन्दा बढी कलेक्शन गरेको छ ।

यसैबीच पछिल्लो समय फिल्मकै कारण विजयको पनि चर्चा बढेको छ । अहिले उनले मास्टर फिल्मबाट लिएको पारिश्रमिकको पनि चर्चा छ ।

भारतिय मिडियाका अनुसार उनले यस फिल्मका लागि १ सय १० करोड पारिश्रमिक लिएको बताइएको छ । उनी अहिले साउथ फिल्ममा धेरै पारिश्रमिक लिने अभिनेताको रुपमा चिनिएका छन् ।

फिल्म मास्टर मा विजय मास्टरको भूमिकामा देखिएका छन् । एकसाथ पाँच भाषामा रिलिज भएको यस फिल्ममा एक शिक्षकको कथा प्रस्तुत गरिएको छ ।


Last Updated on: February 3rd, 2021 at 11:15 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया