सोमबार ०७ आषाढ २०७८

भारतभर किसान आन्दोलनको पक्ष र विपक्षमा माहोल बनिरहेकाे अवस्थामा मंगलबार गायिका रिहानाले किसानको पक्षमा ट्वीट गरिन् ।

रिहानाकाे ट्वीटपछि भारतमा उनको समर्थन र विरोधमा मानिसहरु ओर्लिएका छन् । धेरैले उनलाई किसानको पक्षमा बोलेकोमा धन्यवाद दिइरहेका छन् । केहीले भने विरोध गरिरहेका छन् ।

भारतमा केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा किसानहरु आन्दोलनमा छन् ।

सुरुदेखि नै किसान विरोधी अभिव्यक्ति दिने गरेकी अभिनेत्री कंगना रनावतले भने गायिका रिहानाकाे ट्वीटकाे जवाफ फर्काएकी छिन् । उनले किसानहरु आतंकवादी भएकाे र देश टुक्रयाउन अग्रसर भएकाे आराेप पनि लगाएकी छिन् ।

कंगनाले किसान आतंकवादी भनेपछि भारतभर उनको विरोध भइरहेको छ ।


Last Updated on: February 3rd, 2021 at 11:41 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया